नेपाल । भारतमा जारी आईपीएलमा शनिबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गरेको थियो ।
गएरातिको जितसँगै बैंग्लोरको ८ अंक भएको छ । बैंग्लोरले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंग्लोर अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस्