५ जेष्ठ २०८१, शनिबार

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , May 5th, 2024

नेपाल । पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ ।

वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

तर सिरिज भने वेस्ट इन्डिज ‘ए’ ले ३–२ ले जितेको छ । पहिलो खेल जितेको नेपालले श्रृंखलाको अन्तिम खेल पनि जितेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले भने दोस्रो, तेस्रो र चौथो खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

प्रतिक्रिया दिनुहोस्