अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित
नेपाल । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
आफ्नो पाँचौँ खेलमा बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभर खेल्दै सबै विकेट गुमाएर १०६ रनमा समेटिएको हो ।
नेपालको जितमा बलिङतर्फ सोमपाल कामीले पाँच विकेट हात पार्नुभयो । चार ओभर बलिङ गर्दा १७ रन दिएर सोमपालले पाँच विकेट हात पार्नुभएको हो ।
डार्विनको काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिनुभयो । उहाँले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाउनुभो ।
त्यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन थप्नुभयो । भी...







