टेक्सास निवासी प्रदीप हुमागाईद्वारा अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा
अमेरिका । फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा गर्नुभएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहनुभएका हुमागाईले नेपाली मूलका खेलाडीलाई लक्षित गरेर क्लब खोल्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ ।
लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका उहाँले टेक्सासमा रहेर विभिन्न क्लबमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
हुमागाईले सेप्टेम्बर १४ तारिख विशेष समारोहबिच क्लबको औपचारिक सुरुवात गर्ने पनि बताउनुभयो । ‘‘क्लब स्थापनापछि नेपाल र अमेरिकामा आयोजना हुने फुटबल प्रतियोगितामा भाग लिने योजना छ । भविष्यमा यही क्लबमार्फत नेपालका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगमा टिम खरिद गर्ने वा नयाँ टिम दर्ता गरी प्रतिस्पर्धा गर्ने दीर्घकालिन योजना छ । हामी सुरुमा इङ्लिस प्रिमियर लिगको वेस्टहाम युनाइटेडसँग किस्टोन एथलेटिक्स पेन्सलभेनिया...







