२१ श्रावण २०८३, बिहीबार

खेलकुद

एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट नेपाल बाहिरियो

एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट नेपाल बाहिरियो

नेपाल । नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो । जित्नै पर्ने खेलमा नेपालले लज्जास्पद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो । जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपको ढोका खोलेको छ । दक्षिण कोरियाले समूहको पहिलो खेलमा साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प...
एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले साउदी अरबलाई हरायो

एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले साउदी अरबलाई हरायो

नेपाल । निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाले गोल गरेपछि नेपालले शुक्रबार साउदी अरबलाई १–० ले हराएर एएफसी महिला यु–२० एसियन कप छनोटमा पहिलो जित हात पारेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको थियो । नेपाल लगातार दोस्रो बराबरीतर्फ अग्रसर बनिरहेको समयमा उनले निर्णायक गोल गरी नेपालालाई महत्वपूर्ण तीन अङ्क दिलाइन् । खेलको ९० औँ मिनेटमा मीना देउवाको पासमा डिबक्समा बिनानिगरानीमा रहेकी सुक्रियाले गोल गरी नेपाललाई जित दिलाएकी हुन् । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा नेपाल पूर्वार्धमा दुई पटक गोलपोस्ट बाधक बन्दा गोलविहीन बन्यो । खेलको १८ औँ मिनेटमा सरिता कुमारीले फ्रिकिकमा प्रहार गरेको बल पनि गोलपोस्टमा लागेर फर्किंदा नेपाल अभागी साबित भएको थियो । खेलको ३७ औँ मिनेटमा अग्रता बनाउने अवसर थियो। डिबक्समा मिडफिल्डर मनीषा सेनलाई लडाएपछि नेपालले पेनाल्टी पाए...
अस्ट्रेलियामामा खेल्न जाने नेपाली क्रिकेट टोलीको गरियो फिटनेस र फिजिकल टेस्ट

अस्ट्रेलियामामा खेल्न जाने नेपाली क्रिकेट टोलीको गरियो फिटनेस र फिजिकल टेस्ट

नेपाल । अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्नका लागि तयारीमा रहेको नेपाली क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ । ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हा । टेस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए । खेलाडीसँगै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र मुख्य प्रशिक्षक स्टुअर्ट ल पनि सातदोबाटो पुग्नुभएको थियो । नेपालले अस्ट्रेलियाको सिरिजलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ । अस्ट्रेलिया सिरिजका लागि क्यानले गत सोमबार मात्र रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । यस सिरिजमा ११ टोलीको सहभाग...
नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा उक्लियो

नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा उक्लियो

नेपाल । नेपाली महिला राष्ट्रिय टोलीले फिफा विश्व वरियतामा १३ स्थान छलाङ मारेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक सयबाट ८७औँ स्थानमा उक्लिएको हो । नेपालको यो हालसम्मकै सर्वोत्कृष्ट वरियता हो । यसअघि नेपाल सन् २०१७ मा ९१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा भारत ६७औँ स्थानमा छ । पाकिस्तान तीन स्थानको सुधार गर्दै एक सय ५४, दुई स्थान तल झरेको श्रीलङ्का एक सय ६१, आठ स्थान सुधार गरेको भुटान एक सय ६३ र दुई स्थान तल झरेको माल्दिभ्स एक सय ६५औँ स्थानमा छ । एसियाली देशमा भने नेपाल समग्र १६औँ स्थानमा छ । विश्व वरियताको शीर्षस्थानमा स्पेन उक्लिएको छ । अमेरिका दोस्रो स्थानमा झरेको छ । स्वीडेन तेस्रो, इङ्ल्यान्ड चौथो र जर्मनी पाँचौँ स्थानमा छ ।...
कोलोराडो नेप्लिज युथ क्लब ‘क्रिकेट प्रतियोगिता’ मा सहभागी हुन क्यानडा प्रस्थान

कोलोराडो नेप्लिज युथ क्लब ‘क्रिकेट प्रतियोगिता’ मा सहभागी हुन क्यानडा प्रस्थान

कोलोराडो । नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा कोलोराडो नेप्लिज युथ क्लब (सीएनवाईसी) ले प्रतिष्पर्धा गर्ने भएको छ । यही अगस्ट ९ र १० (शनिबार र आइतबार) मा हुने उक्त प्रतियोगिताको लागि उक्त टोली क्यानडा प्रस्थान गरेको शुसिल दाहालले जानकारी दिनु भएको छ । कोलोराडो टिमको कम्तानमा सम्योग दाहाल र उपकप्तानमा निरोज दाहाल रहेका छन् भने टिमको कोचमा उत्सव पन्त रहनु भएको छ । । यसैबीच कोलोराडोमा आयोजित एक समारोहका बीच खेलाडीहरुको जर्सी लोकार्पण र सहगोगी दाताहरुलाई धन्यबाद ज्ञापन गरिएको छ । यस टिमलाई कोशेली कोलोराडो, लालीगुरास एशोसियशन, गुन्द्रुक रेष्टुरेन्ट, रोशन बोगटी, मोरगेज कन्सल्टेन्टका सन्देश पोखरेल, एसएएस होलसेल, स्टेट फार्मका कान्ती दाहाल, एनआरएनए कोलोराडो च्याप्टर र एनआरएनए एनसीसीका महासचिव आरसी पन्त रहेका छन् । उक्त अवसरमा कोशेली कोलोराडोका तर्फबाट शंकर गुरुङले खेल...
दोस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि खेलाडीको अक्सन सूची सार्वजनिक

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि खेलाडीको अक्सन सूची सार्वजनिक

नेपाल । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार खेलाडीको सूची सार्वजनिक गरेको हो । अक्सनको अन्तिम सूचीमा एक सय ५० खेलाडी रहेका छन् । यसअघि अक्सनका लागि चार सय ५८ खेलाडीले नाम दर्ता गराएका थिए । जसबाट एनपिएलमा सहभागी आठ फेन्चाइजी टोलीले इच्छाएका र क्यानका प्राविधिक टोलीले बनाएको मापदण्डमा परेका एक सय ५० खेलाडीलाई अक्सनको अन्तिम सूचीमा समावेश गरिएको हो । क्यानले अक्सन शनिबार गर्ने जनाएको छ । अक्सनको श्रेणी ‘ए’ मा आठ जना खेलाडी छन् । श्रेणी ‘बी’ मा ३५ र श्रेणी ‘सी’ मा एक सय सात खेलाडी छन् । अक्सनमा रहेका खेलाडीबाट जम्मा ३७ खेलाडीका लागि बोली लाग्नेछ । श्रेणी ‘ए’ को सुचीमा रहने मोहम्मद आदिल आलमसहित सुनाम गौतम, सूर्य तामाङ, शरद भेषावाकर, पवन सर्राफ, देव खनाल, दीलिप नाथ र अर्जुन साउद हुनुहुन्छ । जसमा श्रे...
अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा

अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल । अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । टोलीमा यसअघि स्कटल्यान्डमा भएको त्रिदेशीय सिरिजमा रहनुभएका किरण ठगुन्ना पर्नुभएको छैन । कुशल मल्लले पुनरागमन गर्दा चाटका कारण स्कटल्यान्ड भ्रमण गुमाउनुभएका सोमपाल कामी र गुलशन झाले पनि स्थान बनाउनुभएको छ । यस सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । नेपालले स्ट्राइकसँग अगस्ट १५ तारिख खेल्दै सिरिजको सुरुवात गर्नेछ । को को परे टोलीमा ? रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजवंशी ...
राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मानित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मानित

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मान गरिएको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटी बुटवलले दशौँ पदस्थापन कार्यक्रमको अवसरमा शनिबार साँझ सोमपाललाई एक लाख रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । सम्मानपछि क्रिकेट खेलाडी सोमपालले यस प्रकारको सम्मानले खेलाडीलाई अझ मिहिनेत गर्न प्रेरित गर्ने बताउनुभयो । क्लबले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शक्ति गौचन, राष्ट्रिय खेलाडी कुशल मल्ल, सुशान्त भारी, कुशल भुर्तेल र करन केसीलाई सम्मान गरिसकेको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटीका अध्यक्ष विमल ज्ञवालीले खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले हरेक वर्ष एक जना खेलाडीलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले खेलाडी सम्मान कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउनुभयो ।...
‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम बिहीबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो । दशरथ रङ्गशालामा आयोजित विशेष कार्यक्रमबिच प्रधानमन्त्री ओलीले विश्व फुटबल महासङ्घ (फिफा)को सहयोगमा प्राप्त करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण पनि गर्नुभयो । कार्यक्रमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो फुटबल रङ्गशाला निर्माण गरिने घोषणासमेत गर्नुभयो । ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठुलो भूमिका खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । फिफाले यस कार्यक्रमअन्तर्गत एन्फासँगको सहकार्यमा ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध...
आइसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

आइसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

नेपाल । आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले बिहीबार छनोट खेल नेपालमा गर्ने निर्णय गरेको हो । आइसिसीले छनोटमा सहभागी टोली र समूह विभाजन पनि गरेको छ । ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म नेपालमा हुनेछ । छनोट खेलमा १० टोलीबिच प्रतिस्पर्धा हुनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टोली विश्वकपमा छनोट हुनेछन् । आइसिसीले छनोटको खेल तालिका भने केही समयमा सार्वजनिक गर्ने जनाएको छ । टी–२० महिला विश्वकप आगामी वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुनेछ । नेपालले एसिया छनोटबाट ग्लोबल छनोटमा स्थान बनाएको हो । एसियाबाट नेपाल र थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन् । अमेरिका क्षेत्रीय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएको छ । बाँकी पाँच टोलीमा अफ्रिका...