१९ श्रावण २०८३, मंगलवार

खेलकुद

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा

नेपाल । फिफा विश्वकप २०२६ मा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा पोर्चुगल २–१ ले विजयी भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको केही बेरमै ५३औं मिनेटमा क्रोएसियाका अनुभवी खेलाडी इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको पोर्चुगलले खेलमा फर्कन निकै दबाब बढाएको थियो। खेलको ६८औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल अतिरिक्त समय तर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला, इन्जुरी समयको चौथो मिनेटमा सब्सटिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक अग्रता दिलाए। अब पोर्चुगलले राउन्ड अफ १६ मा स्पेनको सामना गर्नेछ।...
अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम १६ मा

अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम १६ मा

नेपाल । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शुक्रबार भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन । स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाउनुभयो । यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्नुभयो ।...
अमेरिका बोस्निया एण्ड हर्जगोभिनालाई हराउँद प्रि-क्वार्टरफाइनलमा

अमेरिका बोस्निया एण्ड हर्जगोभिनालाई हराउँद प्रि-क्वार्टरफाइनलमा

नेपाल । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत भएको रोमाञ्चक खेलमा घरेलु टोली अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अमेरिकाका लागि पहिलो हाफको अन्तिम मिनेटमा फोलारिन बैलोगनले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। उनले खेलको ४५औं मिनेटमा आकर्षक गोल गरेका हुन्। दोस्रो हाफमा खेल निकै नाटकीय मोडमा पुग्यो। खेलको ६४औं मिनेटमा पहिलो गोलकर्ता बैलोगनले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि अमेरिका १० खेलाडीमा सीमित हुन पुगेको थियो । १० खेलाडीमा झरेपछि बोस्नियाले खेलमा दबाब बढाउने प्रयास गरे पनि अमेरिकी डिफेन्स र गोलकिपरले त्यसलाई असफल तुल्याइदिए । खेल सकिन केही मिनेट मात्र बाँकी छँदा मालिक टिलम्यानले उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको ८२औं ...
फिफा विश्वकपः सेनेगललाई हराउँदै बेल्जियम अन्तिम १६ मा

फिफा विश्वकपः सेनेगललाई हराउँदै बेल्जियम अन्तिम १६ मा

नेपाल । फिफा विश्वकप २०२६ अन्तरगत सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगलविरुद्ध २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३–२ को सनसनीपूर्ण जित हात पारेको छ। खेलको २५औँ मिनेटमा हबिब डियारा र ५१औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई बलियो अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर बेल्जियमले चमत्कारिक प्रदर्शन गर्यो । ८६औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काए भने ८९औँ मिनेटमा युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेट १२.०५ मा टिलेमान्सले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्‍याए ।...
डीआर कंगोलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

डीआर कंगोलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

नेपाल । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो । उहाँले इंग्ल्यान्डका लागि दुवै गोल गर्नुभयो । खेलमा पहिलो अग्रता भने कंगोले लिनुभयो । खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याउनुभयो । खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाउनुभयो । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।...
फ्रान्सले स्विडेनलाई ३-० गोलअन्तरले हरायो, एम्बाप्पेले हाने २ गोल

फ्रान्सले स्विडेनलाई ३-० गोलअन्तरले हरायो, एम्बाप्पेले हाने २ गोल

नेपाल । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्नुभयो भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्नुभयो । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । ...
आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा

नेपाल । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्नुभयो । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्नुहुँदै खेल बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाउनुभयो । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ । ...
पाराग्वेसँग पराजीत भएपछि जर्मनी विश्वकपबाट बाहिरियो

पाराग्वेसँग पराजीत भएपछि जर्मनी विश्वकपबाट बाहिरियो

नेपाल । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। निर्धारित र थप गरिएको १२० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको पाराग्वेले बलियो जर्मनीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो। जर्मनीले खेलभरि बल आफ्नो नियन्त्रणमा राखे पनि पाराग्वेको रक्षापंक्तिलाई तोड्न निकै संघर्ष गर्नुपरिरह्यो। ...
जापानलाई पराजीत गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

जापानलाई पराजीत गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

नेपाल । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९ औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक९एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २–१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।...
डेब्यु गरेको केप भर्डे नकआउट चरणमा

डेब्यु गरेको केप भर्डे नकआउट चरणमा

नेपाल । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुगेको छ। समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो । शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो। यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो। शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोलअन्तरले पराजित भएको उरुग्वे भने समुह चरणबाटै बाहिरियो। जारी विश्वकपमा डेब्यु गरेका चार टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ। अन्य तीन टिमहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समुह चरणबाटै बाहिरिएका छन्। राउन्ड अफ ३२ मा अब केप भर्डेको प्रतिस्पर्धा साविक विजेता अर्जेन्टिनासँग हुनेछ ।...