३ आश्विन २०८३, शनिबार

खेलकुद

एसियाडका लागि नेपाली क्रिकेट टोलीको घोषणा

एसियाडका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल । जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) १५ सदस्यीय एसियाड क्रिकेट टोलीको घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ । एसियाडमा नेपालको पुरुष क्रिकेट टोलीले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । यस समूहमा नेपालसहित आयोजक जापान र अफगानिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन्। भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान सोझै क्वार्टरफाइनलमा स्थान पाएका छन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । क्वार्टरफाइनलमा पुगेमा नेपालले भारत र पाकिस्तान जस्तो बलियो टोलीसँग खेल्...
मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछाने

मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछाने

नेपाल । आगामी अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्नुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सन्दीपलाई उक्त प्रतियोगितामा नेपाली टोलीको कप्तानको जिम्मेवारी दिईएको हो । एकदिवसीय टोलीको कप्तान बन्नुभएका सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्कनुभएको हो । प्रिमियर लिगका लागि क्यानले सोमबार सार्वजनिक गरेको १४ सदस्यीय नेपाली टोलीको कप्तानमा सन्दीप हुनुहुन्छ भने टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललिथ राजवंशी, करण केसी र हेमन्त धामीले स्थान बनाउनुभएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले गत शनिबार प्रतियोगिताका खेल तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ तारिख साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगि...
तेस्रो संस्करणको एनपीएल क्रिकेट कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने

तेस्रो संस्करणको एनपीएल क्रिकेट कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने

नेपाल । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट कार्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार राति सार्वजनिक गरेको मिति अनुसार एनपीएल दसैँ लगत्यै सुरु हुने छ । दसैँको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपीएलका लागि सहभागी आठ वटै फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन् । टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ । एनपीएलमा साविक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् । क्यानले मिति तय गरेपनि खेलको तालिका भने सार्वजनिक गरेको छैन ।...
‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध

‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध

नेपाल । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आइसिसीले रेड्डीले खेल भावनाविपरित ‘म्याच फिक्सिङ’ सँगै भ्रष्टाचारविरोधी आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै सबै खाले खेलमा आठ वर्षको प्रतिबन्ध गरेको जनाएको छ । यी आरोपहरु सन् २०२५ को अबुधाबी टी–१० क्रिकेट लिगका क्रममा भएका घटनासँग सम्बन्धित रहेको छ । यसअघि गत वर्षको नोभेम्बरदेखि रेड्डीलाई अनुसन्धानका लागि अस्थायी रुपमा निलम्बन गरिएको थियो। गल्ती ठहर गर्दै आइसिसीले आठ वर्ष प्रतिबन्धको कारबाही गरेको हो । आइसिसीका अनुसार अबुधाबी क्रिकेट लिगमा रेड्डीले एक वा एकभन्दा बढी खेलको नतिजा, खेलको प्रगति वा अन्य पक्षलाई गैरकानुनी रुपमा प्रभावित पारेको, अर्का खेलाडीलाई ‘म्याच फिक्सिङ’ मा संलग्न हुन प्रेरित गरेको, भ्रष्टाचारविरोधी अनुसन्धानका ...
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग: नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग: नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित

नेपाल । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमै समेटियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यभन्दा निकै पछाडि रह्यो । नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २२५ रन बनाएको थियो । नेदरल्यान्डका नोआ क्रोसले ७० रन र कप्तान स्कट एडवड्र्सले ५७ रनको...
विश्वकप क्रिकेट लिग–२ नेपाल नामिबियासँग पराजित

विश्वकप क्रिकेट लिग–२ नेपाल नामिबियासँग पराजित

नेपाल । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको उट्रेच्टमा सोमबार सम्पन्न खेलमा नेपाल नामिबियासँग तीन रनको झिनो अन्तरले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सफल भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित ३८ रन तथा कुशल भूर्तेलले ३४ रन बनाए । अन्तिम ओभरसम्म पुगेको खेलमा गुल्शन झाले १० बलमा अविजित १९ रन बनाए पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन । नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनाएको थियो । नामिबियाका जा...
विश्वकपपछि फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान जिनेदिन जिदान नियुक्त

विश्वकपपछि फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान जिनेदिन जिदान नियुक्त

नेपाल । फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान जिनेदिन जिदान नियुक्त हुनुभएको छ । फ्रान्स फुटबल महासङ्घ (एफएफएफ) ले मङ्गलबार टोलीको प्रशिक्षकमा जिदानलाई नियुक्त गरेको हो । दुई पटकको फिफा विश्वकप विजेता फ्रान्स हालै सम्पन्न विश्वकपमा सेमिफाइनलमा स्पेनसँग २–० गोलले पराजित भएको थियो । जिदानलाई फ्रान्सले ६ वर्षको लागि प्रशिक्षक बनाउने सम्झौता समेत गरेको छ । सम्झौता अनुसार अब ५४ वर्षीय जिदानले फ्रान्सलाई युइएफए नेसन्स लिग–२०२७, युरोपियन च्याम्पियनसिप–२०२८ र फिफा विश्वकप–२०३० खेलाउनु हुनेछ । जिदानको कप्तानीमा फ्रान्सले सन् २००६ को विश्वकप फाइनल खेलेको थियो ।...
विश्वकप विजेता स्पेनले पायो पाँच करोड अमेरिकी डलर पुरस्कार

विश्वकप विजेता स्पेनले पायो पाँच करोड अमेरिकी डलर पुरस्कार

नेपाल । विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यस विश्वकपको उपाधिसँगै स्पेनले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब ६६ करोड ५० लाख नेपाली रुपियाँ) पुरस्कार पाएको छ । यस पुरस्कार अघिल्लो संस्करणको भन्दा धेरै हो । सन् २०२२ को कतार संस्करणको विजेता अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाएको थियो । यस्तै यसपटक उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख, तेस्रो भएको इङ्ल्यान्डले दुई करोड ९० लाख र चौथो भएको फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर पुरस्कार पायो । यस्तै पाँचौँ देखि आठौँ स्थानमा रहने टोलले एक करोड ९० लाख डलर, नवौँ देखि १६औँ स्थानमा रहनेले एक...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि, फ्रान्सका एमबाप्पेले पाए गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि, फ्रान्सका एमबाप्पेले पाए गोल्डेन बुट

नेपाल । २३औँ संस्करणको फिफा विश्वकप उपाधि स्पेनले जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पिया बनेको हो । १६ वर्षपछि विश्वकप उपाधि जितेको स्पेनको यो दोस्रो विश्वकप उपाधि हो । यसअघि स्पेन सन् २०१६ मा च्याम्पियन बनेको थियो । अर्जेन्टिनाबिरुद्ध खेलको सुरुवातदेखिनै सानदार प्रदर्शन गरेको स्पेनले अतिरित्त समयमा पुगेर निर्णायक गोल गरेको थियो । स्पेनको जितमा फेरान टोरेस नायक बन्नुभयो । टोरेसले एक सय ६ मिनेटमा निको विलियम्सको पासमा उत्कृष्ट गोल गर्नुभएको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । ९०औँ मिनेटमा अर्जेन्टिना १० खेलाडीमा समेटिएपछि थप दबाबमा रह्यो । एन्जो फर्नान्डेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनु भएको थियो । खेलमा लगातार पोस्ट प्र...
इंग्ल्यान्डलाई २-१ गोलले पराजीत गर्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश

इंग्ल्यान्डलाई २-१ गोलले पराजीत गर्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश

नेपाल । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। अटलान्टा स्टेडियममा भएको रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो। दुवै टोलीले सुरुवाती समयमा गोलका खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन्। तर, दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए। गोल खाएपछि अर्जेन्टिनाले इंग्ल्यान्डमाथि लगातार आक्रमण गर्यो । खेल सकिन ५ मिनेट मात्र बाँकी रहँदा लियोनेल मेसीको पासमा एन्जो फर्नान्डेजले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिँदै गर्दा, इन्जुरी समयको दोस्रो मिनेटमा फेरि मे...