२५ आश्विन २०८३, आईतवार

इन्टरस्टेट दशैं कप २०२६ मा कोलोराडोका दुई टोली सहभागी हुँदै

कोलोराडोखबर संवाददाता , October 11th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अमेरिकाको साउथ डकोटा स्थित सिउक्स फल्समा पहिलो इन्टरस्टेट दशैं कप २०२६ भलिबल प्रतियोगितामा आयोजना हुने भएको छ ।

अक्टोवर १० का दिन आयोजना हुन लागेको इन्टरस्टेट दशैं कप २०२६ भलिबल प्रतियोगीतामा कोलोराडोबाट दुई टोली सहभागी हुने भएका छन् । प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय भलिबल संघ (NRNA Colorado) का रेड र ब्लु गरी दुई टोली शुक्रबार प्रतियोगिता स्थलतर्फ प्रस्थान गरेका छन् ।

ACE Volleyball Club, South Dakota को आयोजनामा तथा Sioux Falls को Bhutanese Community सँगको सहकार्यमा हुन लागेको प्रतियोगितामा विभिन्न राज्यका ८ नेपालीभाषी समुदायका भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

हरि गुरुङ, सुमन केसी, चन्द्र गुरुङ, प्रकास पौडेल, सरमान तामाङको नेतृत्वमा कोलोराडोबाट गएका टिम क्याप्टेन द्वय दिपेश क्षेत्री र ललित पुन सहितको २० जना खेलाडीहरू शुक्रवार साँझ साउथ डकोटा पुगेको हरी गुरूङले बताएका छन् ।

कोलोराडोबाट सहभागी हुने NRNA Colorado Red र Blue टोलीमा चन्द्र गुरुङ, सुमन केसी, अर्जुन गुरुङ, सरमान तामाङ, जौ गुरुङ , हरि गुरुङ , ललित पुन, ओम मल्ल, इरोस राई, दिपेश क्षेत्री, रोशन मल्ल र मदन पुन लगायतका खेलाडीहरू रहेको बताइएको छ ।

प्रतियोगितामा आयोजक साउथ डकोटाको ACE Host टोलीसहित नर्थ डकोटा, नेब्रास्का, मिनेसोटा तथा अन्य राज्यका टोलीको सहभागिता रहनेछ। प्रतियोगिताले विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुद मार्फत आपसी सम्बन्ध, सद्भाव र एकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

नेपाली समुदायमा दशैंको उल्लाससँगै आयोजना हुन लागेको प्रतियोगिताले प्रवासमा नेपाली खेलकुदको विकास, नयाँ प्रतिभाको पहिचान तथा युवाहरूबीच आपसी सहकार्य र भाइचारालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्