नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइज हैदरावादले पंजाव किंग्सलाई ३३ रनले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
यो नतिजापछि हैदरावादको ११ खेलबाट १४ अंक भएको । पंजाव भने १० खेलबाट १३ अंकमा दोस्रो स्थानमा छ ।
हैदरावादमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ३५ रन बनाएको थियो। त्यसमा हेनरिक क्लासेनले ४३ बलमा ६८ रन र इसान किसनले ३२ बलमा ५५ रन बनाएका थिए।
जवाफमा कुपर कोलनीले नटआउट रहेर १ सय ७ रनको शतकीय इनिङ्स खेले पनि पंजावले सात विकेटमा २ सय २ रन मात्र बनाउन सक्यो।
कोलनीले ५९ बलमा सात चौका र आठ छक्का प्रहार गरे। उनलाई अरू ब्याटरले भने बलियो साथ दिन सकेनन्।
प्रतियोगिता अन्तरगत बिहीबार लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुनेछ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्