२० श्रावण २०८३, बुधबार

खेलकुद

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष सहित ६ पदाधिकारी तथा १४ केन्द्रीय सदस्यलाई‌ कालोसूचीमा राख्दै विदेश जान रोक लगाएको छ। यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फाको विषयमा छानबिन गर्न छानबिन उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको थियो। युवा तथा खेलकुद मन्त्रालय हुँदै पत्र गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयबाट अध्यागमन पत्र पुगेपछि एन्फाका पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो। पछिल्लो समय खेलकुद परिषद् र एन्फाबीच विवाद हुँदै आएको छ। आफ्नो निर्देशनविपरीत निर्वाचन गर्न लाग...
एन्फालाई गरेको निलम्बन फिर्ता लिन राखेपलाई आग्रह

एन्फालाई गरेको निलम्बन फिर्ता लिन राखेपलाई आग्रह

नेपाल । विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेको छ । फिफा र एएफसीले एन्फाको स्वायत्ततामा हस्तक्षेत हुने भन्दै वैशाख २१ गते (मे४) सम्म निलम्बन फिर्ताका लागि समयसीमा पनि तोकेको छ । यसअघि एन्फाले नेपालको खेलकुद ऐनलाई बेवास्था गर्दै तहगत निर्वाचन नगरी ‘अर्ली इलेक्सन’ को नाममा पुरानै प्रतिनिधिलाई समेटेर चैत १३ गतेका लागि निर्वाचन तय गरेको थियो । राखेपले खेलकुद ऐन अनुसार निर्वाचन नगरेको भन्दै चैत ११ गते एन्फालाई तीन महिना निलम्बन गरेको थियो । निलम्बन पछि एन्फाले झापामा तय गरेको निर्वाचन साधारण स्थगित गरी साभारणसभालाई सामान्य भेलामा परिणत गरेको थियो । फिफाले राखेपले तोकिएको मितिसम्म निर्णय फिर्ता नभए परिस्थिति थप जटिल हुन सक्ने सङ्केत पनि पत्रमार्फत उल्लेख...
आइसिसी महिला टी-२० च्यालेन्ज नेपालद्वारा रुवान्डा पराजीत

आइसिसी महिला टी-२० च्यालेन्ज नेपालद्वारा रुवान्डा पराजीत

नेपाल । नेपालले आइसिसी महिला टी-२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हरायो । जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएकाको नेपालले १९.४ ओभरमा आठ विकेठको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४८ रन बनाउनुभयो । बिन्दु रावलले १० तथा पूजा महतो १३ रन बनाउनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ८८ रनको योगफल तयार गरेको हो । रुवान्डाका चार जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुवान्डालाई कम रनमा समेट्न नेपालक रचना चौधरीले तीन, पूजा महतो र कविता कुँवरले दुई दुई तथा मनिष उपाध्याय र रिया शर्माले एक एक विकेट लिनुभयो । नेपालले जितसहित चार अङ्क बनाएको छ । रुवान्डाको चार खेलमा दुई जितसहित च...
टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले युएईलाई आठ विकेटले हरायो

टी-२० आई सिरिजको दोस्रो खेलमा नेपालले युएईलाई आठ विकेटले हरायो

नेपाल । टी-२० आई सिरिजको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितका लागि १२९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा कुशल भूर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए। यूएईका नीलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए। त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाएका थिए। नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मा...
युएई विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित

युएई विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित

नेपाल । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा सोमबार सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो। खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो। जवाफमा युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए। त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए। नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै कुशल मल्लले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए। कुशल मल्लले १७ र...
आईपीएल क्रिकेटः पञ्जाव किंग्सको अपराजित यात्रा कायमै

आईपीएल क्रिकेटः पञ्जाव किंग्सको अपराजित यात्रा कायमै

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ। गएराति घरेलु मैदान न्यू चण्डीगढमा सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै सहज जित निकालेको हो । पञ्जाबले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रनमा समेटियो । लखनउका लागि रिषभ पन्तले सर्वाधिक ४३ रन जोडे। यस्तै, एडेन मारक्रमले ४२, मिचेल मार्शले ४०, आयुश बदोनीले ३५ तथा मुकुल चौधरीले २१ रन बनाए। पञ्जाबका मार्को यानसनले २ तथा अर्शदीप सिंह, विजयकुमार वैशक र युजभेन्द्र चहलले एक–एक १ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो। लखनउका लागि प्रियान्श आर्यले ९३ तथा कुपर कोनलीले ८७ रनको अर्धशतकीय पारी खेले। यसैगरी, मार्कस स्टोइनेसले २९, शशांक सिंहले १७ तथा निहाल बढेराले १३ जोडे। लखनउ...
आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल पराजित

आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल पराजित

नेपाल । पहिलो संस्करणको आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल पराजित भएको छ। रुवाण्डामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो। अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रनमा समेटियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन्। उनले ४५ बलको सामना गर्दै एक चौकाको मद्दतमा २७ रन जोडेकी हुन्। कविता जोशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि माहि माधवन र तरनुम चोपराले समान दुई तथा रीतु सिंह, लेखा शेट्टी र सैनभीले समान एक–एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२३ रनको योगफल बनाएको थियो। प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल नेपालले आइतबार इटालीसँग खेल्नेछ।...
विश्वकप लिग-२ का लागि नेपाली टोलीको घोषणा

विश्वकप लिग-२ का लागि नेपाली टोलीको घोषणा

नेपाल । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले शुक्रबार नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ । युएई विरुद्धको टी–२० शृङ्खलामा आराम दिइएका कप्तान रोहित लिग–२ को एकदिवसीय शृङ्खलाको कप्तान बन्नुभएको हो । रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहनुभएको छ । क्यानले वैकल्पिक खेलाडीका रूपमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई राखेको छ ।...
युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलमा आर्सनल र बायर्न म्युनिख

युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलमा आर्सनल र बायर्न म्युनिख

नेपाल । आर्सनल र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई गोलरहित बराबरीमा रोक्दै सेमी फाइनलमा पुगेको हो । आर्सनल पहिलो लेगमा जितेको १–० गोलको समग्र स्कोरमा विजयी भयो । सेमी फाइनलमा आर्सनलले एट्लेटिको मड्रिडसँग खेल्ने छ । यस्तै बायर्न म्युनिखले रियल म्याड्रिडलाई ४–३ गोलले हरायो । बायर्न समग्रमा ६–४ गोलले विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा बायर्नले साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग प्रतिस्पर्धा गर्ने छ ।...
चेन्नई सुपर किंग्सद्वारा कोलकाता नाइट राइडर्स ३२ रनले पराजित

चेन्नई सुपर किंग्सद्वारा कोलकाता नाइट राइडर्स ३२ रनले पराजित

नेपाल । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मंगलबार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ। १९३ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६० रनमात्र बनाउन सक्यो। ५ खेलमा दोस्रो जित हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिएर आठौँमा पुगेको छ। कोलकाताले कुनै खेल जित्न सकेको छैन । ५ खेलमा चौथो हार भोगेको कोलकाता १० टोली सहभागी प्रतियोगिताको पुछारमा छ। कोलकाताको सुरुआत राम्रो थिएन। फिन एलेन १ रनमै आउट भए। सुनिल निनले १७ बलमा समान २ चौका र छक्कासहित २४, कप्तान अजिन्क्या रहानेले २२ बलमा २ छक्काका साथ २८, अंगक्रिस रघुवंशीले १९ बलमा ३ चौका र १ छक्कासहित २७ तथा रिंकु सिंहले ६ रन बनाए। क्यामरन ग्रिनले खाता खोल्न सकेनन् । रमनदीप सिंहले २३ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाए। रोभमन पोवेल २२ बलमा १ चौका र २ छक्का हान्दै ३१ रनमा अविजित रहे। चेन्नईक...