नेपाल । फिफा विश्वकपमा पहिलो पटक सहभागिता जनाएको केप भर्डले बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोकेको छ।
मात्र ५ लाख जति जनसंख्या भएको सानो राष्ट्र केप भर्डले लुइस डे ला फुएन्टेको कप्तानीमा रहेको स्पेनिस टोलीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्यो।
खेलभरि स्पेनले अपेक्षित रूपमा बल आफ्नो नियन्त्रणमा राखे पनि केप भर्डको संगठित र दृढ रक्षापंक्तिका अगाडि उसका स्टार स्ट्राइकरहरू फिक्का साबित भए ।
यता, फिफा विश्वकप २०२६ अन्तर्गत समूह जीको रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
मेरिकाको सियाटलमा पहिलो पटक आयोजना भएको विश्वकप खेलमा इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर पनि आत्मघाती गोलका कारण अभागी साबित भयो ।
यसैबीच, फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा भएको समूह एचको दोस्रो खेलमा साउदी अरब र पूर्व विश्व विजेता उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
मियामीमा आयोजित यस संस्करणकै पहिलो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्