१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

भक्तपुरको गुण्डुमा ओली कुटी बन्दै, राधिका शाक्यद्वारा शिलान्यास

भक्तपुरको गुण्डुमा ओली कुटी बन्दै, राधिका शाक्यद्वारा शिलान्यास

नेपाल । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माणको काम थालिएको छ । ओलीपत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी हुन् । ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको भन्दै अब तीव्र गतिमा निर्माणको काम अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताए । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बालकोटमा रहेको घरमा तोडफोड र आगजनी गरेका थिए। ओली अहिले गुण्डुमै भाडाको घरमा बस्दै आएका छन्।...
रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आव्हान, शुल्क ५० हजार !

रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आव्हान, शुल्क ५० हजार !

नेपाल । रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ । सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरू गरेको प्रवक्ता मनिष झाले बताए । उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले यसअघि जारी गरेको सूचनामा आवेदन शुल्क ५० हजार तोकिएको छ । योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न र निवेदनका लागि पार्टीको वेबसाइटमा हेर्न भनिएको छ ।...
प्रधानमन्त्रीद्वारा शुक्रबार सर्वदलीय बैठक आह्वान, प्रतिनिधिसभा निर्वाचनबारे छलफल हुने

प्रधानमन्त्रीद्वारा शुक्रबार सर्वदलीय बैठक आह्वान, प्रतिनिधिसभा निर्वाचनबारे छलफल हुने

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दैआएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता जनाएका छन् ।...
प्रतिनिधिसभा सदस्यको निर्वाचनको आउन ९० दिन बाँकी, कार्यतालिका सार्वजनिक

प्रतिनिधिसभा सदस्यको निर्वाचनको आउन ९० दिन बाँकी, कार्यतालिका सार्वजनिक

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् । आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १ देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ...
कांग्रेसका महामन्त्री गगन थापाद्वारा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा

कांग्रेसका महामन्त्री गगन थापाद्वारा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले हिमालय टेलिभिजनको कार्यक्रम यक्षप्रश्नमा अन्तर्वार्ताको क्रममा आफू सभापति पदका उम्मेदवार हुने स्पष्ट बताएका हुन् । यस्तै, अन्तर्वार्ताका क्रममा थापाले चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका लागि केही प्रस्तावहरू अघि सारेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको छ।...
मधेस प्रदेशमा फेरी नयाँ सरकार गठनको प्रक्रिया सुरु

मधेस प्रदेशमा फेरी नयाँ सरकार गठनको प्रक्रिया सुरु

नेपाल । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेर नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पर्सी शुक्रवार अपराह्न ५ बजेभित्र दावी पेस गर्न भनिएको छ। यसअघि यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कात्तिक २३ गते यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि ७ दलका ७४ प्रदेशसभा सदस्यहरुले सर्वोच्चमा रिट दर्ता गराएका थिए। सो रिटको सुनुवाई गर्दै मंसिर १५ गते सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो। २४ घण्...
विहीबार ‘योमरी पुन्हि’, उधौली पर्व र कुलदेवताको पूजा गरिंदै

विहीबार ‘योमरी पुन्हि’, उधौली पर्व र कुलदेवताको पूजा गरिंदै

नेपाल । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा । विभिन्न समुदायमा फरक–फरक नामले बिहीबार यो पर्व मनाइँदैछ। सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । यो दिन धानको भकारीमा पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ। कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ। नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाट...
काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार बिहान क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएका छन् । थापाले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् । समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य रहेका छन् । केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले नियमित १५ औं महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने दबाब छ । ...
अपाङ्गता भएकाहरुको समावेशी विकासका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको समावेशी विकासका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनलेअपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी हुन् । अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट पारेकी छिन् । नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्त...
प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

नेपाल । सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा उक्त दिवस मनाउने निणय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले जेनजी आन्दोलनका क्रममा सहिद परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी, अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्ने गरी सीमा निर्धारण गरेको छ । त्यस्तै बैठकले बाढी पहिरो प्रभावित श्रीलंकालाई सरकारका तर्फबाट सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै, विश्वविद...