१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न सर्वोच्चको आदेश

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न सर्वोच्चको आदेश

नेपाल । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ । सोमबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालत प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताए । शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन सर्वोच्चले आदेश दिएको हो । जेनजी आन्दोलनपछि कुलमान घिसिङ मन्त्री बनेपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो । त्यसपछि उनी सर्वोच्च गएका थिए । कुलमान घिसिङ ऊर्जामन्त्री बनेलगत्तै शाक्यलाई आयोगमा सरूवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।...
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा २ जना सदस्य मनोनित

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा २ जना सदस्य मनोनित

नेपाल । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु अधिकारी (सुनसरी)लाई मनोनीत गरेको छ। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई मनोनीत गरेका हुन् । कांग्रेसको मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयानुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा अधिकारी र कटुवाललाई मनोनीत गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह

घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छिन् । आइतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनकाअनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराइन् । उनले सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताइन् । उनले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले आइतवार जेनजी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित...
आगामी निर्वाचनमा काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

आगामी निर्वाचनमा काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा आफूले काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसैगरी पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको थापाले बताए । नेपाल प्रेस युनियन सर्लाहीले मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुबै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताए । महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै देश दौडाहामा जाने बताए । ...
समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबारदेखि दल दर्ता शुरु

समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबारदेखि दल दर्ता शुरु

नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुँदैछ। जसअनुसार समानुपातिक प्रणालीतर्फ सहभागी हुने दलहरुले मंसिर २३ गते दिउँसो ४ बजेसम्म निवेदन दिनुपर्नेछ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिने राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ। आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउँसे ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता ...
बहुपक्षीय छलफलमार्फत प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनमा सहभागी हुन आह्वान

बहुपक्षीय छलफलमार्फत प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनमा सहभागी हुन आह्वान

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको छ । शुक्रबार बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले शुक्रबारको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताउनुभयो । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलसहित राजनीतिक दलका नेता र सुरक्षा निकायसँगै निर्वाचन आयोगका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसा...
केही समयअघि फिर्ता बोलाइएका ६ जना राजदूतले राजीनामा दिए

केही समयअघि फिर्ता बोलाइएका ६ जना राजदूतले राजीनामा दिए

नेपाल । ६ जना राजदूतले राजीनामा दिएका छन् । सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी केही समयअघि फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिएको मन्त्रालय स्रोतले जानकारी दियो । राजीनामा दिएका ६ जनाकै राजीनामा स्वीकृत भइसकेको छ । पछिल्लो समय रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन् । यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत) र रमेशचन्द्र पौडेल (कतार) ले राजीनामा दिएका थिए ।...
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई दियो २० बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई दियो २० बुँदे निर्देशन

नेपाल । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व ...
१६५ निर्वाचन क्षेत्रमै दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन

१६५ निर्वाचन क्षेत्रमै दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन

नेपाल । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको मिति घोषणा भएसँगै क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी गरिएको छ । महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् । सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने थापाले बताए। भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको बताए । महामन्त्री थापा संयोजक रहेको समितिमा प्रकाश रसाइली स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।...
पशुपतिनाथ मन्दिरमा राखिएका फलामको बार हटाइयो

पशुपतिनाथ मन्दिरमा राखिएका फलामको बार हटाइयो

नेपाल । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तैमध्येका एक हुनुहुन्छ संस्कृतिविद् हरिप्रसाद सोडारी। पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उहाँले सुनाउनुभयो । मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउनुभयो । विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो। विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटा...