१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

यस्तो छ सरकार र जेनजी प्रतिनिधिहरुबीचको १० बुँदे सहमति

यस्तो छ सरकार र जेनजी प्रतिनिधिहरुबीचको १० बुँदे सहमति

नेपाल । सरकार र जेनजी प्रतिनिधिहरु बीच १० बुँदे सहमति भएको छ । बुधबार छलफलपछि १० बुँदे सहमति भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन् । सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरे । हस्ताक्षरपूर्व केही जेनजी युवाहरुले होहल्ल र विरोध गरेका थिए । यस्तो छ सम्झौताको पूर्णपाठः जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौता  प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा वि.सं. 2082 साल भाद्र 23 र 24 गते भएको राजनीतिक-सामाजिक जनआन्दोलन निम्त्याए...
गगन थापा निर्वाचनको लागि काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस

गगन थापा निर्वाचनको लागि काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस

नेपाल । प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चार जिल्लाबाट सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् । उनको पुरानो क्षेत्र काठमाडौँ ४ बाट उनी प्रत्यक्षतर्फ सर्वसम्मत एकल एम्मेदवारका रुपमा सिफारिस भएको क्षेत्रीय सभापति श्याम संगतले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा यही बिहीबार २५ गतेसम्ममा नाम सफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको हो । सो क्रममा महामन्त्री थापाको नाम काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएको हो । उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो । धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । त्यस्...
नेकपा एमालेको महाधिवेशनमा सहभागी हुने भए २४६३ जना प्रतिनिधि

नेकपा एमालेको महाधिवेशनमा सहभागी हुने भए २४६३ जना प्रतिनिधि

नेपाल । यही फागुन २७ गतेदेखि शुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुंगो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ । प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहने गरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।...
बुधबार संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

बुधबार संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

नेपाल । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित बुधबार १० डिसेम्बरका दिन संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । यो दिवस सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्रको स्मरणमा हरेक वर्ष मनाइन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ। अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, र विभिन्न राजनीतिक दलहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्। नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ...
प्रतिनिधि सभा निर्वाचनका गगन थापा ३ जिल्लाबाट शिफारिस, बुधबार काठमाडौं ४ ले पनि गर्ने

प्रतिनिधि सभा निर्वाचनका गगन थापा ३ जिल्लाबाट शिफारिस, बुधबार काठमाडौं ४ ले पनि गर्ने

नेपाल । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा तीन जिल्लाबाट सिफारिस भएका छन् । उनी सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् । थापाको आफ्नो क्षेत्र काठमाडौँ ४ को क्षेत्रीय समितिले भने बुधबार मात्रै सिफारिस गर्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा २५ गतेसम्ममा नाम सफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको हो । सो क्रममा महामन्त्री थापाको नाम अहिलेसम्म तीन जिल्लाबाट भएको हो । उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो । थापासँगै सर्लाही ४ बाट वीरेन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ । धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । दोस्रोमा दिनेश राईको नाम रहेको छ । त्यस्तै हरिकुमार राई...
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीका लागि १०० राजनीतिक दलको आवेदन

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीका लागि १०० राजनीतिक दलको आवेदन

नेपाल । आगामी फागुन २१ गते का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो, सो समयभित्र संयुक्त र एकल चुनाव चिन्ह लिएका गरी एक सय राजनीतिक दलले आवेदन दिएका हुन् । आयोगले प्राप्त आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने जनाएको छ। आयोगले तय गरेको कार्यसूचीअनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । सो सूचीमाथि अध्ययनपश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० सदस...
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कार्यालयमा बुझाए अवधारणा पत्र

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कार्यालयमा बुझाए अवधारणा पत्र

नेपाल । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रिय कार्यालयमा बुझाएका छन् । सोमवार अपरान्ह च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा आफू पक्षका नेताहरुसहित पुगेका उनले महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् । पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र सन्तुलनको परिचालन, जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर आफूहरुले सो अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पारे । उनले आफूहरुले सो अवधारणा पत्र महाधिवेशनमा व्यवस्थित रुपमा राख्ने समेत बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएको समस्या समाधान भइसकेको समेत बताए । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सो अवधारणा पत्र बुझाउन अनुकुल...
सरकार र जेनजी जनआन्दोलनका अभियन्ताबीच सम्झौतापत्रको मस्यौदाको अन्तिम तयारी

सरकार र जेनजी जनआन्दोलनका अभियन्ताबीच सम्झौतापत्रको मस्यौदाको अन्तिम तयारी

नेपाल । सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबिच हस्ताक्षर हुने सम्झौतापत्रको मसौदाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भइरहेको द्विपक्षीय परामर्शमा सम्झौतापत्रको खाका तयार पार्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको टोली र जेनजीका प्रतिनिधिबिचमा सम्झौतापत्र अन्तिम चरणमा पुर्याउने काम भएको बताउनुभयो । उहाँका अनुसार केही सामान्य प्राविधिक शब्द मात्रै मिल्न बाँकी छ । सरकार र जेनजीबिचमा हुने सम्झौताको मसौदामा सबै विषय टुङ्ग्याएर सम्झौतामा हस्ताक्षर हुने छ । यसैबिच प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सम्झौताका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको भेटमा अभियन्ता गुरुङले सरकार ...
रास्वपाले खुलायो प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारको आवेदन

रास्वपाले खुलायो प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारको आवेदन

नेपाल । रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि गत आइतबारदेखि आवेदन खुलाएको छ । उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् । पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ । ...