२१ बैशाख २०८३, सोमबार

राजनीति/समाज

रुपन्देही-३ मा रास्वपाले डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाउने

रुपन्देही-३ मा रास्वपाले डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाउने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई भएको छ । रास्वपा केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार थापालाई चयन गरिएको जानकारी दिनुभयो । यसअघि आइतबार नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेट गरेका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।...
चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त

नेपाल । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देिख लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए । प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ । तर, छलफल चल्दाचल्दै निजामती विधेयकमा देखिएको कुलिङ पिरियड ‘विवाद’का कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिए । नयाँ सभाप...
लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीको आपत्ति

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीको आपत्ति

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति जनाउनुभएको छ । शनिबार राष्ट्रपति सीसँगको सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबिचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भएपछि प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा स्पष्ट कुरा राख्नुभएको उहाँको निजी सचिवालयले जानकारी गराएको छ । नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । परराष्ट्र सचिव राईलाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले पठाएको नोटमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग सार्...
पूर्व प्रदेश प्रमुख राजेश अहिराज थुनामै रहने

पूर्व प्रदेश प्रमुख राजेश अहिराज थुनामै रहने

नेपाल । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षमा थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो । गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राजेश अहिले डिल्लीबजार कारागारमा छन् । युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए । ...
आशिका तामाङलाई ५ दिन कैद सजाय र ५ सय जरिवानाको फैसला

आशिका तामाङलाई ५ दिन कैद सजाय र ५ सय जरिवानाको फैसला

नेपाल । सामाजिक अभियन्ता बनाउने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो । आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको हो । उनलाई ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ ।...
उखु किसानका माग सम्बोधन गरी उत्पादन वृद्धिमा लाग्नु पर्छः गगन थापा

उखु किसानका माग सम्बोधन गरी उत्पादन वृद्धिमा लाग्नु पर्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै सम्बोधन गरी उहाँहरूलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ...
पार्टी संगठन थप सुदृढ बनाउने रास्वपा सचिवालयको निर्णय

पार्टी संगठन थप सुदृढ बनाउने रास्वपा सचिवालयको निर्णय

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश, जिल्ला र तल्लो संरचना सुदृढीकरण गर्ने निर्णय गरेको छ । सचिवालय बैठकमा समसामयिक राजनीतिक एवं संगठन गतिविधिबारे छलफल र निर्णय भएको हो । पार्टी संगठनको गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान लगायतका विषयमा र आगामी कार्यक्रमबारे बैठकमा छलफल भएको थियो । प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने निर्णय पनि भएको छ ।...
बसमा स्कूटर ठोक्किदा २ जनाको मृत्यु

बसमा स्कूटर ठोक्किदा २ जनाको मृत्यु

नेपाल । काठमाडौंमा बिहीबार राति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपाल रहेको प्रहरीले जनाएको छ । राति २ः५० बजे जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१,००६ ख ४२४३ नम्वरको अरनिको यातायातमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसमा ठोक्किएर दुर्घटना भएको थियो ।...
महिलाको उजुरीका आधारमा रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

महिलाको उजुरीका आधारमा रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

नेपाल । रास्वपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पाँडेलाई पक्राउ गरेको हो । उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहाँ उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो । ...
सनातन धर्मावलम्बी महिलाहरु ऋषिपञ्चमी पर्व मनाउँदै

सनातन धर्मावलम्बी महिलाहरु ऋषिपञ्चमी पर्व मनाउँदै

नेपाल । भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व । बिहीबार सनातन धर्मावलम्बी महिला सप्तर्षिको पूजा अर्चना गरी मनाउँदैछन् । सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ । महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन् । यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन् । यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ । सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ । विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ। ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुर...