२१ बैशाख २०८३, सोमबार

राजनीति/समाज

चार जना नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

चार जना नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हाले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, डा. मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो । स्वास्थ्यमन्त्रीमा डा. सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उहाँको नाम रोकिएको छ । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष न...
नेपाललाई सघाउन अमेरिकासहितका विकास साझेदार तयार

नेपाललाई सघाउन अमेरिकासहितका विकास साझेदार तयार

नेपाल । विकास साझेदारहरूले बदलिएको परिवेशमा नेपालको आर्थिक सुधार र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार फरक फरक समयमा भएको भेटका क्रममा नेपालस्थित विकास साझेदारका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबिचको भेटका क्रममा नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो । छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमबाट निजी क्षेत्रको मनोबल उठाउनेमा सरकार केन्द्रित रहेको बताउनुभयो । अमेरिकी राजदूत थम्प्सनले एमसिसीको कार्यान्वयनमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । सोमबार नै अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० का नेपाल मिसन प्रमुख जहान सारवतबिच भएको भ...
प्रधानमन्त्री सुशीला कार्कीद्वारा पाँचजना मन्त्रीहरूको नाम सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पाँचजना मन्त्रीहरूको नाम सिफारिस

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले पाँचजना मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् । आइतबार साँझ अबेर मात्रै पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन् । सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । उद्योगः अनिलकुमार सिन्हा स्वास्थ्यः संगीता कौशल मिश्र कृषिः डा. मदन परियार सञ्चारः जगदीश खरेल शिक्षा, विज्ञान तथा प्रविधिः महावीर पुन –यसअघि अर्थमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल मन्त्री भइसकेका छन् ।...
कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन, प्राधिकरणबाट हितेन्द्रदेव हटाइए

कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन, प्राधिकरणबाट हितेन्द्रदेव हटाइए

नेपाल । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो । समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी भीषण हत्या भएको थियो । उक्त दमनको विरोधमा भोलिपल्ट देशभर तोडफोड र आगजनी भएको थियो । यसैबीच सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारले उक्त पदमा मनोज सिलवाललाई नियुक्त गरेको छ । हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रे...
हिन्दुहरूको महान् पर्व बडा दशैं शुरु, सोमबार घटस्थापना

हिन्दुहरूको महान् पर्व बडा दशैं शुरु, सोमबार घटस्थापना

नेपाल । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ सोमबारदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्र...
सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन डा. भट्टराईको आग्रह

सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन डा. भट्टराईको आग्रह

नेपाल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन् । यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ, उनले भने । आन्दोलनबाट आएका नेताहरूले जनताको विश्वास कायम राख्न नसको र जनताको सम्पत्ति दोहन गरेर सत्ताको दुरुपयोग गरेको भट्टराईले आरोप लगाए । यस्तो सम्पत्तिको छानबिन गरी राष्ट्रियकरण गर्नु अपरिहार्य भएको उनको माग छ ।  ...
संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएः कोइराला

संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएः कोइराला

नेपाल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन । नेता कोइरालाले देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआइसकेको बताएका छन् । उनले पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने बताए । शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले देशको संविधान क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको पनि उल्लेख गरे ।...
अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विभिन्न देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक

अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विभिन्न देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक

नेपाल । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उहाँले बताउनभयो । समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफो...
संविधान दिवस मनाईंदै, राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले संबोधन गर्ने

संविधान दिवस मनाईंदै, राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले संबोधन गर्ने

नेपाल । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने छिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थ...
अमेरिकी राजदूत डिन आर थम्प्सन र प्रधानमन्त्री सुशीला कार्कीबीच शिष्टाचार भेट

अमेरिकी राजदूत डिन आर थम्प्सन र प्रधानमन्त्री सुशीला कार्कीबीच शिष्टाचार भेट

नेपाल । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध मजबुद बनाउने विषयमा छलफल भएको हो । परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको हो । सो क्रममा अमेरिकी राजदूत थम्प्सनले नेपालको विकासमा निरन्तर अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।...