बिहीबार विजयादशमीः विभिन्न देशमा टीका लगाउने साइत कति बजे ? (सूचीसहित)
नेपाल । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।
विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उहाँले बताउनभयो ।
स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो।
नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे,
दिल्ली,भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९,
न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ :२५,
फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७,
वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक...









