२१ बैशाख २०८३, सोमबार

राजनीति/समाज

सुनकाण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सुनकाण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

नेपाल । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । सिआइबीका अनुसार २०७९–०९–१० गते प्लाई दुबइ को फ्लाइट नम्बर एफ जेट ०५८७ बाट नेपाल आएका चिनिया नागरिक राहदानी नम्बर इजे ६३५००३० वाहक एलआइ हेङसोङ ले २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट भेप अवैध रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा जफत भएको थियो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएकोमा कार्यालयका नायव सुब्बा रेवन्त खड्‌का समेतले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान (सुन सहितको) ईलेक्ट्रिक सिगरेट भेपमा रहेको मूल्य (आठ क...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेपाल । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो । सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा नै माग भएको छ।
काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठक असोज २८ गते बस्ने

काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठक असोज २८ गते बस्ने

नेपाल । नेपाली काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठकको मिति सारेर २८ गतेबाट बस्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय समितिको बैठक यसअघि असोज २६ गते बोलाइएको थियो । त्यस्तै बैठकमा अधिवेशन विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ । साथै प्रतिनिधिसभाको निर्वाचन र संसद् पुनःस्थापनाको विषयमा छलफल भएको छ । केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने जनाइएको छ ।...
लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिनुभएको हो । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरूमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए ‘देश कहाँ पुग्छ ?’ भन्ने स...
प्रधानमन्त्री कार्कीद्वारा भिडियो सन्देश जारी

प्रधानमन्त्री कार्कीद्वारा भिडियो सन्देश जारी

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौँ ।” नेपालका जेनजी युवाले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रधानमन्त्रीले जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्न जरुरी रहेको बताउनुभएको छ । “हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ”, प्रधानमन्त्रीले ...
तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न नेपाली काँग्रेसको सरकारसँग माग

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न नेपाली काँग्रेसको सरकारसँग माग

नेपाल । नेपाली काँग्रेसले भदौ २४ गते भएको भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। २३ गते मारिएका युवाको विषयमा भने आयोगले छानबिन गरी टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा सबै नेताहरूले समान धारणा राखेको बताए । उनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाए । बैठकमा नेताहरूबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेको महतले उल्लेख गरे बैठकमा केही नेताहरू बोल्न बाँकी रहेकाले फेरि शुक्रबार छलफल हुने बताए ।...
पार्टीको रणनीति र नयाँ कार्यदिशा तय गर्न एमाले सचिवालयको बैठक बस्दै

पार्टीको रणनीति र नयाँ कार्यदिशा तय गर्न एमाले सचिवालयको बैठक बस्दै

नेपाल । नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि, असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ ।...
इलाम जिल्ला विपत् संकटग्रस्त क्षेत्र घोषणा

इलाम जिल्ला विपत् संकटग्रस्त क्षेत्र घोषणा

नेपाल । सरकारले बाढीपहिरोका कारण ठुलो क्षति पुगेको इलाम जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो । गत असोज १८ गते भीषण वर्षासँगै आएको बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । पहिरोले सयौँ घर पुरेका कारण हजारौँ नागरिक विस्थापित हुनु परेको छ ।...
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव नेम्बाङ कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव नेम्बाङ कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले यही असोज २६ मा बस्ने नेपाली कांग्रेसको केन्द्रीय बैठकबाट पार्टीको मंसिर भित्र नियमित अधिवेशन गर्ने र त्यो नसकेमा बिशेष महाधिवेशनमा जाने निर्णय बैठकबाटै गराउन अनुरोध गरेका छन् । गत भदौ २३ र २४ मा भएको जेनजीको आन्दोलन पछि नेपालको राष्ट्रिय राजनीतिमा नयॅा कोर्षको शुरूवात भएकोले यसलाई सम्बोधन गर्न मौजुदा नेतृत्वबाट सम्भव नहुने बिज्ञप्तिमा उल्लेख छ । महासचिव नेम्बाङले त्यसका लागि कांग्रेस पार्टीभित्र नीति, नेतृत्व र संगठनमा आमुल रुपान्तरण आवश्यक भएको उल्लेख गरेका छन् । बिशेष महाधिवेश सकेर बदलिएको नीति र नेतृत्व लिएर कांग्रेस संविधान, व्यवस्था र देश जोगाउनका लागि घोषित आम चुनावमा सहभागि हुनुपर्ने धारणा नेम्बाङले बिज्ञप्ति मार्फत उल्लेख गरेका छन् । इतिहासको कठिन मोडमा उभिएको कांग्रेसले मंसिर महिना भित्र नियमित अधिवेशन नभए ब...
भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह

भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म भारी तथा आति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौं उपत्यकाकालगायत देशका विभिन्न भागमा भारी वर्षको पूर्वानुमान गरेको उल्लेख गर्दै मन्त्री घिसिङले सतर्क भएर यात्रा गर्न सबैलाई आग्रह गर्नुभएको छ । भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमका विषयमा मन्त्री घिसिङले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग जानकारी लिई सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । कर्मचार...