९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस

नेपाल । सहकारी ठगी प्रकरणमा मुद्दा परेपछि बुधबार रुपन्देही जिल्ला अदालतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस बिहीबारमात्र हुने भएको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको हो । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कार्तिक २७ गते भैरहवा लगेर सरकारी वकिल कार्यालयमा बयान गराइएको थियो । सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए प...
वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन हुँदैनः कोइराला

वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन हुँदैनः कोइराला

नेपाल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो,‘छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।’ संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । उहाँले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताउनुभयो । यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास...
कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच छलफल

कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच छलफल

भारत (नयाँदिल्ली) । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ । भारतको राजदुतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर ब्यवसाय गरिरहेका ब्यवसायीहरुको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नुपरेका समस्या समाधानका बारेमा प्रदेश सभासद समेत रहेका नेता बानियाँ र राजदुत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ । पूर्वगृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरुको उपचार, दुर्घटनामा परी घाईते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य बीमाको प्रक्रिया बारेमा राजदुत शर्मासंग छलफल गर्नुभएको थियो । भारतका लागि न...
बामदेव नेकपा एमालेमा प्रवेश गर्दै, २०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

बामदेव नेकपा एमालेमा प्रवेश गर्दै, २०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

नेपाल । नेकपा (एमाले) ले पार्टीको विधान अधिवेशन २०८२ साल भदौमा गर्ने निर्णय गरेको छ । मंगलबारको पार्टी सचिवालय बैठकले विसं २०८२ भदौ २०, २१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा विधान अधिवेशन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस्तै बैठकले वामदेव गौतमसँग सहकार्य गर्ने र त्यसका लागि ढोका खुला गरेको पनि उनले जानकारी दिए । पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको उनले बताए ।...
रविलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पोखरामा निवेदन

रविलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पोखरामा निवेदन

नेपाल । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका रवि लामिछानेसहित ७ जनालाई थुनामै राख्नुपर्ने माग सहित उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीको धरौटीमा छोड्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएको हो । जिल्ला अदालतको आदेश नमिलेको र सातै जनालाई थुनामा पठाउनुपर्ने भन्दै निवेदन दिइएको हो । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलाशले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५–५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।...
नेपालका राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाइ ज्ञापन

नेपालका राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाइ ज्ञापन

नेपाल । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा नेपाल र अमेरिकाबिचको सम्बन्धले दुवै मुलुकका जनताको हितमा अझ सुदृढ भूमिका खेल्ने उल्लेख गर्नु भएको छ ।...
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्‍ बैठकको निर्णय

माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्‍ बैठकको निर्णय

नेपाल । विपक्षी दलहरुले संसद अधिवेशन छिट्टै बोलाउन माग परिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ । बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको कानुनमन्त्री अजयकुमार चौरसियाले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो ।...
रवि लामिछाने बिरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दर्ता

रवि लामिछाने बिरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दर्ता

नेपाल । रास्वपा सभापति रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणको मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको फाइल रुजु गरेर दर्ता गरिएको हो । लामिछाने बिरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दता भएको हो । संगठित रुपमा ठगीको कसुरको यो मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो । यसअघि कास्कीमा ६५ लाख ...
अन्ततः नेकपा एमालेमै फर्किने भए बामदेव !

अन्ततः नेकपा एमालेमै फर्किने भए बामदेव !

नेपाल । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् । पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका थिए । एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएको कार्कीले बताए । ...
नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पदः सांसद पाण्डे

नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पदः सांसद पाण्डे

अष्ट्रेलिया । नेकपा (एस) का केन्द्रीय नेता तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पद रहेको बताएका छन् । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट ल्याइएको उनले टिप्पणी गरे । आफू पनि सहभागी भएर बनाइएको गैरआवासीय नेपालीसम्बन्धी कानुनमा राजनीतिबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने व्यवस्था स्पष्ट उल्लेख भएको उनले बताए । गलत बाटोबाट ल्याइएको अध्यादेश पारित हुनेमा उनले शंका व्यक्त गरे । शनिबार अस्ट्रेलियाको सिड्नीमा प्रवासी नेपाली एकता मञ्चले आयोजनामा गरेको अन्तरक्रियामा सांसद पाण्डेले सत्तासाझेदार दलबीच पनि समझदारी नगरी ल्याइएको अध्यादेश पारित नहुने जिकिर गरे । उनले एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया नबन्ने बताए । “विदेशमा बसेर नेपालमा केही भएन भन्ने बहस बन्द गर्नुहोस्, सबै देशका आआफ्ना विशेषता छन्,” उनले भने, “एकैपटक नेपाल ...