१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

पूर्व प्रदेश प्रमुख राजेश अहिराज थुनामै रहने

पूर्व प्रदेश प्रमुख राजेश अहिराज थुनामै रहने

नेपाल । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षमा थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो । गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राजेश अहिले डिल्लीबजार कारागारमा छन् । युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए । ...
आशिका तामाङलाई ५ दिन कैद सजाय र ५ सय जरिवानाको फैसला

आशिका तामाङलाई ५ दिन कैद सजाय र ५ सय जरिवानाको फैसला

नेपाल । सामाजिक अभियन्ता बनाउने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो । आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको हो । उनलाई ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ ।...
उखु किसानका माग सम्बोधन गरी उत्पादन वृद्धिमा लाग्नु पर्छः गगन थापा

उखु किसानका माग सम्बोधन गरी उत्पादन वृद्धिमा लाग्नु पर्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका उखु किसानका माग तत्कालै सम्बोधन गरी उहाँहरूलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ...
पार्टी संगठन थप सुदृढ बनाउने रास्वपा सचिवालयको निर्णय

पार्टी संगठन थप सुदृढ बनाउने रास्वपा सचिवालयको निर्णय

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश, जिल्ला र तल्लो संरचना सुदृढीकरण गर्ने निर्णय गरेको छ । सचिवालय बैठकमा समसामयिक राजनीतिक एवं संगठन गतिविधिबारे छलफल र निर्णय भएको हो । पार्टी संगठनको गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान लगायतका विषयमा र आगामी कार्यक्रमबारे बैठकमा छलफल भएको थियो । प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने निर्णय पनि भएको छ ।...
बसमा स्कूटर ठोक्किदा २ जनाको मृत्यु

बसमा स्कूटर ठोक्किदा २ जनाको मृत्यु

नेपाल । काठमाडौंमा बिहीबार राति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपाल रहेको प्रहरीले जनाएको छ । राति २ः५० बजे जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१,००६ ख ४२४३ नम्वरको अरनिको यातायातमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसमा ठोक्किएर दुर्घटना भएको थियो ।...
महिलाको उजुरीका आधारमा रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

महिलाको उजुरीका आधारमा रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

नेपाल । रास्वपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पाँडेलाई पक्राउ गरेको हो । उनलाई उजुरी परेको विषयमा बुझ्नुपर्ने भनी साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो । त्यहाँ उपस्थित भएका पाँडेलाई प्रहरीले पक्राउ गरेको हो । ...
सनातन धर्मावलम्बी महिलाहरु ऋषिपञ्चमी पर्व मनाउँदै

सनातन धर्मावलम्बी महिलाहरु ऋषिपञ्चमी पर्व मनाउँदै

नेपाल । भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व । बिहीबार सनातन धर्मावलम्बी महिला सप्तर्षिको पूजा अर्चना गरी मनाउँदैछन् । सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ । महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन् । यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन् । यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ । सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ । विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ। ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुर...
रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका पासवानको मृत्यु

रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका पासवानको मृत्यु

नेपाल । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवानको मृत्यु भएको छ। पासवानको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । पासवान आफैँले बुधबार बिहान आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए । पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएको थियो । गरुडामा उपचार सम्भव नदेखिएपछि पासवानलाई थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर रिफर गरिएको थियो । पक्राउ परेका पासवानले गरुडास्थित अस्पतालमा उपचारमा संलग्न डाक्टरलाई बताए अनुसार झगडा परेपछि रुबिको हत्या गरेको बताएका थिए ...
माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको होः वर्षमान पुन

माओवादीले अघि सारेको नीतिले देश ऊर्जामा आत्मनिर्भर बनेको होः वर्षमान पुन

नेपाल । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन् । बुधबार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरुले गरेको बताए । नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो । प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले २० वर्षअघि लिएको नीतिगत निरन्तरता ऊर्जा क्षेत्रमा अझै रहेको बताए । सोही नीतिका कारण जलविद्युत उत्पादन बढेको र मुलुक लोडसेडिङ मुक्त भएको पुनले उल्लेख गरे । ‘नेपालमा नीतिगत निरन्तरता छैन भन्ने गरिन्छ । तर उर्जा क्षेत्र खासगरी जलविद्युत क्षेत्रमा, नविकरणीय उर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ । झन्डै दुई दशकदेखि एउटै नीति छ । जसको परिणाम आज ह...
अमेरिकाद्वारा नेपाल प्रहरीलाई अनुसन्धानमा प्रयोग हुने प्रबिधि सहयोग

अमेरिकाद्वारा नेपाल प्रहरीलाई अनुसन्धानमा प्रयोग हुने प्रबिधि सहयोग

नेपाल । अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा तिनमा प्रयोग हुने प्रविधि प्रदान गरेको छ । बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा प्रहरी महानिरीक्षक थापाले प्राप्त आधुनिक उपकरण र प्रविधिले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने बताउँदै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारीे बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत थम्सनले अमेरिकी सहयोगबाट नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा योगदान पुग्ने बताउनुभयो ।...