१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु

झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु

नेपाल । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उहाँहरुको हप्तादिनको फरकमा मृत्यु भएको हो । स्थानीय शिवशंकर सदाका अनुसार तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो । समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ । गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन् । स्थानीयका अनुसार सो टोलमा हालसम्म १५ जनाभन्दा बढिमा झाडापखालाको लक्षण देखिएको छ ।...
विधानअनुसार नेपाली काँग्रेसको विशेष महाधिवेशन हुन्छः खड्का

विधानअनुसार नेपाली काँग्रेसको विशेष महाधिवेशन हुन्छः खड्का

नेपाल । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनको प्रस्तावका विषयमा प्रतिनिधिहरुसँग शनिबार पहिलो पटक छलफल गरेका छन् । गत असोज २९ गते पार्टी कार्यालयमा दर्ता गरेको विशेष महाधिवेशनको प्रस्तावमाथि छलफल गर्न पहिलो पटक कार्यवाहक सभापति खड्काले हस्ताक्षरकर्ता महाधिवेशन प्रस्ताव गर्ने नेताहरुलाई बोलाएका हुन् । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यका अनुसार नेता गुरुराज घिमिरेको नेतृत्वमा गएको टोलीसँग खड्काले छलफल गरेका हुन् । उनले भने, ‘गुरुराज घिमिरेको नेतृत्वमा म, देवराज चालिसेसहित सात जनाको टोली गएर कार्यवाहक सभापतिज्यूलाई भेट्यौँ । उहाँले विधानको व्यवस्थाअनुसार अगाडि बढ्छु भनेर विश्वस्त गराउनु भएको छ ।’ आचार्यले छलफल सकारात्मक भएको भन्दै आफूहरु समयमै विशेष महाधिवेशन गरेर पार्टी अगाडि बढ्नेमा विश्वस्त रहेको बताए । महामन्त्रीद्वय गगन...
पोखरामा हुने तय भएको एमालेको ११औँ महाधिवेशन अब काठमाडौँमै हुने !

पोखरामा हुने तय भएको एमालेको ११औँ महाधिवेशन अब काठमाडौँमै हुने !

नेपाल । यसअघि पोखरामा हुने तय भएको नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ। शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । शनिबार बसेको बैठकले काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ । महाधिवेशनका लागि ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताए । प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिवार देशभर हुने बताए । प्रतिनिधिहरूको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने बताए। प्रतिनिधिमा न्यूनतम एक तिहाइ महिला सहभागिता गराउने दाबी गरे । देशभरका ६ हजार ७४३ वटै वडामा आगामी कार्तिक २२ गते ...
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन् । अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ। प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन् ।...
मनास्लु क्षेत्रमा अलपत्र पर्यटकको तीनपछि हेलिकोप्टारबाट उद्धार

मनास्लु क्षेत्रमा अलपत्र पर्यटकको तीनपछि हेलिकोप्टारबाट उद्धार

नेपाल । मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौँको टोखा नगरपालिका –६ का ४४ वर्षीय मिनु ईन्द्र लम्सालको तीनपछि हेलिकोप्टारबाट उद्धार गरिएको छ । बिहीबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका– ५ बिहिमा पैदल हिँडिरहेका बेला अचानक भीरबाट खसेको ढुङ्गाले लागेर लम्साल गम्भीर घाइते हुनुभएको थियो । लम्साललाई प्रतिकुल मौसमका कारण तीन दिनपछि शनिबार बेलुका ५ बजे हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ,’’ उहाँले भन्नुभयो, ‘‘मान्छे लाएर बोकेर ल्याउँदा झन् जोखिम हुन सक्ने भएकाले स्थानीय स्वास्थ्यकर्मीको हेरबिचारमा लम्साललाई मौसम सफा नभएसम्म स्थानीयको एक घरमा राखेर प्राथामिक उपचार गरिएको थियो ।’’ टाउकोमा गम्भीर चोटका कारण उपचारका लागि लम्साललाई हेलिकोप्टरबाट उपचारका लागि ग्राण्डी अ...
नेपाली कांग्रेसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल

नेपाली कांग्रेसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र नियमित महाधिवेशन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको छ । उनले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीसँग छलफल गर्नुभएको हो । छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी रहनुभएको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषय उठ्दै आएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकसमेत बस्दै आएको छ ।...
नेकपा एसद्वारा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय

नेकपा एसद्वारा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय

नेपाल । नेकपा (एस) को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गरेको छ बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरेका जनाइएको छ । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ । तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल, रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन् ।...
तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

नेपाल । शनिबार कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । सानातन धर्मावलम्बी तुलसीको विवाह गरी मनाउँदै छन्। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ । एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ । विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने । यसैले यी दुई एकादशीको महत्त्व विशेष छ । यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ । अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णु...
सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने

सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने

नेपाल । सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ । बिहीबार सिंहदरवारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने प्रस्ट्याएका हुन् । अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने बताए । प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिकाका साथै कार्यमूल्यांकनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताएका छन् ।...
भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

नेपाल । रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्ने क्रममै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । अचानक ढल्नुभएको गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याईएकोमा त्यहाँ उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । जिफन्टका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी मजदुरमाथि अन्याय भएको भन्दै केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।...