-लक्ष्मण आचार्य-
सबै कुरा कहाँ सही सदर हुन्छ हजुर
दोषको निन्दा गुणको कदर हुन्छ हजुर
चिनी पनि धेरै खाए तितो तितो हुन्छ
उल्टै त्यसको ठुलै असर हुन्छ हजुर
नठान है अजम्बरी आफैंलाई सधैंभरि
यमराजको सबै माथि नजर हुन्छ हजुर
मलामी र साथी भाइ दोस्ती कमाउनु
एकदिन सबको गन्तव्य बगर हुन्छ हजुर
-चन्द्रपुर, रौतहट ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्