पुस्तक समीक्षाः क्षितिजपारीको अँगनलाई नियाल्दा
-सुदीपभद्र खनाल-
हिन्दिमा भनाइनै छ 'जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि ' अर्थात् सूर्यको उज्यालो नपुग्ने स्थानमा पनि कविहरू पुग्दछन्।कविको कल्पनाशीलता विजुली भन्दापनि तीब्र र पानीभन्दा पनि तरल हुन्छ । त्यसैले घाम नपुग्ने ठाउँमा पनि कवि पुग्छ । कवि चिन्तक हो र मार्गदर्शक पनि स्रष्टा हो र द्रष्टा पनि ।
अनेसासको नवौँ अन्तरराष्ट्रिय साहित्य सम्मेलनको सन्दर्भमा कोलोराडोमै रहेको बेला कोलोराडोको सुन्दर डेन्भर सहरमा फूलजस्तै कविता र सहृदयी भावना लिएर केन्टकीदेखि आइपुगेका कवि बद्री दाहालले मेरा हातमा थमाइदिए यौटा सुन्दर चम्पु काव्य 'क्षितिजपारीको आँगन' । मदन पुरस्कार विजेता कवि नवराज लम्सालकै शव्दमा भन्ने हो भने कवि बद्री दाहाल 'अनन्त भित्र कविताको भोक र प्यासको अनन्त गहिराई छ ।' कवि अनन्तकै शव्दमा भने कविता उनको आफ्नै मुटुको नक्सा , आँशुको ईन्द्रेणी र आफ्नै आत्माको प्रवास डायरी हो ।
“माया हुन्छ ज...









