न्युरोड पुस्तक पब्लिकेसनद्वारा प्रकाशित तीन वटा साहित्यिक कृति एकसाथ सार्वजनिक
नेपाल । न्युरोड पुस्तक पब्लिकेसनद्वारा प्रकाशित तीन वटा साहित्यिक कृति एकसाथ सार्वजनिक गरिएको छ ।
सोमबार आयोजित समारोहमा साहित्यकार श्रवण मुकारुङले लेखक रूपक अधिकारीको उपन्यास ‘लाटो क्यानभास’, पविन दाहालको ‘रातो अभिलेख’ र युसन बस्नेतको ‘कुमारीत्व’ सार्वजनिक गर्नुभयो । विमोचन गर्दै साहित्यकार मुकारुङले साहित्य सिर्जनामा चिन्तन र सामाजिक यथार्थको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । साहित्यले समाजका विविध पक्षलाई अभिव्यक्त गर्दै पाठकलाई सोच्न र प्रश्न गर्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।
विमोचित ‘कुमारीत्व’ मा बलात्कारलगायतका सामाजिक घटना र त्यसले निम्त्याउने समस्या तथा प्रभावलाई कथावस्तुमार्फत प्रस्तुत गरिएको छ । त्यसै गरी पविन दाहालको ‘रातो अभिलेख’ सस्पेन्स तथा थ्रिलर शैलीमा लेखिएको कृति हो । यो लेखकको यसअघि प्रकाशित ‘तराजुमा प्रेम’ पछिको दोस्रो कृति हो । रूपक अधिकारीको ‘लाटो क्यानभास’ ...









