३० बैशाख २०८१, आईतवार

भाषा/साहित्य

मुक्तकः नदी किनार

मुक्तकः नदी किनार

–ज्ञानेन्द्र गदाल– *** किनारसंग मिलेर नै, नदीले बाटो तय गर्छ जता जता बग्छ नदी, किनार त्यतै सर्नु पर्छ बिना नदी किनार हुन्न, किनार बिना नदी हुँदैन दुबैको मिलनले मात्र, सम्बन्धको लय भर्छ । –कोलोराडो, अमेरिका ।
तीन हाइकु

तीन हाइकु

–लक्ष्मी ‘रेशमी’– १. म मौन बसेँ झ्याली झैँ बज तिमी देखाउ नाच । २. घडीमा सुइ बलवान समय पर्ख र हेर । ३. सिलाउ मन भावना जोडिएला जिन्दगी हाँस्छ् । -चन्द्रपुर, रौतहट ।
चर्चिच गजलकार प्रकट पंगेनी शिवका स्मृतिमा दुई गजल

चर्चिच गजलकार प्रकट पंगेनी शिवका स्मृतिमा दुई गजल

-प्रकट पंगेनी शिव- गजल-१ ढोका खोली के पसिथ्यौ पिरतीको रन्को लाग्यो छेउ आई के बसिथ्यौ पिरतीको रन्को लाग्यो । अंगअंग सुम्सुम्याउँदै लाली अधर सल्बलाउँदै बाहुपासमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो । विषकन्या होइनौ तिमी भए मलाई विष लाग्थ्यो कामाग्निले के डसिथ्यौ पिरतीको रन्को लाग्यो । कुनै धार यस्ता हुन्छन् काट्दा पनि सन्चो लाग्छ प्रेमको छुरा के धसिथ्यौ पिरतीको रन्को लाग्यो । त्यसपछि झन् रन्कैरन्को लाग्यो अन्ना तिम्रो कसम अँगालोमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो । ००० गजल-२ उठ्यो रिमै फेवातालमा छाल साँझपख हान्यो रिमै माझीदाइले जाल साँझपख । त्यही जालमा जेलिएर निस्किन मत्स्यगन्धा भेटेँ रिमै जालभित्र माल साँझपख । के हेरेथिन् एकै नजर लाग्यो मनमा वाण भन्नुहोला म त रिमै बेहाल साँझपख । बान्की उनको हिसी उनको रूपै उनको देख्दा सत्य रिमै निको थेन चाल साँझपख । हात...
एक मुक्तक

एक मुक्तक

–ज्ञानेन्द्र गदाल– जोडिनु पर्छ असल मनहरु, टुक्रिएर भाँचिनु हुन्न गोडिनु पर्छ प्रेमको बिरुवा, ओइलाएर नासिनु हुन्न सद्भाव र एकताको प्रभाव, यस्तो परोस् समाजमा रोकिनु पर्छ ढर्राहरु, मौलिक संस्कृति मासिनु हुन्न । –कोलोराडो, अमेरिका ।
पदम विश्वकर्माको ‘पाताल’ उपन्यास काठमाडौंमा सार्वजनिक

पदम विश्वकर्माको ‘पाताल’ उपन्यास काठमाडौंमा सार्वजनिक

नेपाल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माको पाताल उपन्यास नेपालको राजधानी काठमाडौंमा सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले सभापतित्व गरेका थिए । प्रमुख अतिथि राईलगायत अतिथिहरु स्रष्टा पदम विश्वकर्मा, अनेसास निवर्तमान अनेसास बिओटी सभापति गीता खत्री, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसासका केन्द्रीय उपाध्यक्ष डा। रेणुका सोलु, प्राज्ञ बाबा बस्नेत, समीक्षक महेश पौड्याल, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, माननीय सांसद् रणेन्द्र बराली लगायतले संयुक्त रुपमा कृति लोकार्पण गरेका थिए । लोकार्पण पश्चात् समालोचक तथा प्रखर वक्ता महेश पौड्याल र...
चर्चित साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन

चर्चित साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन

नेपाल । पोखरामा रहेर साहित्यकार सिर्जना गर्दै आएका चर्चित व्यक्तित्व प्रकट पंगेनी ‘शिव’ को मंगलबार निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पंगेनीको ७० वर्षको उमेरमा निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार गराइराखेका उनको मङ्गलवार दिउँसो निधन भएको हो । गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन् । उनका श्रृंगारिक रचनाहरु दर्शक–श्रोताहरुले अत्याधिक पन पराइएका छन् । ...
कविताः नयाँ वर्षको शुभकामना

कविताः नयाँ वर्षको शुभकामना

–ज्ञानेन्द्र गदाल– *** बग्दोछ गति बेलाको, खै कस्ले रोक्न सक्छ र ! सधैं जस्तो आज फेरि, फेरियो है क्यालेण्डर — बितेका ति दिनहरुमा, गरेका ती बाचाहरु हामीबाट समाजले राखेका केइ आशाहरु सबै सबै पुरा गर्ने, अवसर र शक्ति मिलोस् बिसंगति बेथितिको, पिडाबाट मुक्ति मिलोस् । — आजसम्मका अनुभवले, कमाएका सबै कुरा सम्हालेर अघि बढ्नु, टेक्नु हिमालको टाकुरा बाँकी यात्रा सहज बनोस्, गर्नु चुनौति सामना नयाँ वर्ष एकासी सालको, सबैलाई शुभकामना । *** -कोलोराडो, अमेरिका । ...
कविताः नयाँ वर्ष

कविताः नयाँ वर्ष

–मिथिला अधिकारी– अनन्त कालदेखी आउँदै जाँदै गरेका कयौं वर्षहरु जस्तै,तिलस्मी आशाहरु बोकेर भित्रिँदै छ यो नयाँ वर्ष पनि । कयौँ फाटेका मन, कयौं टुक्रिएका मुटुहरुले पिडाका डोबहरुलाई आफ्नै पैतालाले थिचेर रक्तिम आँसुलाई, गहभित्रै लुकाएर ओठहरुलाई, हँसिलो बनाउँदै स्वागत गर्दैछ्न् नयाँ वर्षलाई । यो खुशी, यो उमङ्गलाई, नियाली रहँदा लाग्छ सुख र खुशी भित्रिने आशामा उज्यालिएका हुन् मलिन अनुहारहरु । पक्कै पनि नयाँ वर्षले खुशी लिएर आउने छ फर्किनेछन उज्याला दिनहरु, छाउनेछ शान्ति, भेटिनेछ तिलस्मी ढुकुटी, हराउनेछ अभाव, र खुल्नेछ भाग्य, जादुमय तरिकाले । बालुवामा बनाएको बिशाल जादुई नगरी जस्तै सुन्दर कल्पनाहरु बोकेर फेरि पनि आएको छ यो नयाँ वर्ष । –हेटौंडा, मकवानपुर ।...
कविता: शुभकामना, नयाँ वर्षको !

कविता: शुभकामना, नयाँ वर्षको !

-रमेशचन्द्र घिमिरे- माटो पुरानै हो भूमिगत माटो यता खनिन्छ, खाल्टो बन्छ र उता भरिन्छ एवम् क्रम ढुङ्गा हालिन्छ खाल्टोमा ढुङ्गा पुरानै हो जग पुरिन्छ सिकर्मीको पौरखले गारोको आकार दिन्छ सिमन्टीमा घोलिन आउँछन् गिटी र बालुवाहरू मेरो जिन्दगीमा घोलिन आएका आँसुका ढिक्का जसरी र त्यहाँ मिसिन आउँछन् श्रम पोख्नेका पसिना र भिजिन आउँछन् तिनैका रगत । प्रविधिले नयाँ बनाएको सिमन्टीमा गिटी, बालुवा सबै पुराना कुटिएको गिटी सोरिएका बालुवा पुरानै पुराना कुराहरू बटुलिएर अनि, केवल सिमन्टीमा मुछिएर र रङहरूमा चोबलिएर मेरो नयाँ घरले आकार लिएको छ ठीक त्यसरी नै क्यालेन्डरका रङ्गीन पानामा सजिएर नयाँ वर्ष आएको छ देश पुरानै भए पनि/ भेष पुरानै भए पनि/ रीतिथिति व्यथा बिमार जम्मै पुरानै भए पनि धुवाँले पोतिएको कालो पर्दा छोपे जसरी अनि पुरानो घाउलाई नयाँ मलमले सन्चो बनाउन खोजेजस्तो गरी पु...
अनेसास बोर्ड अफ ट्रस्टीका सभापति विश्वकर्माद्वारा प्रज्ञा-अन्तर्देशीय पुरस्कार ग्रहण

अनेसास बोर्ड अफ ट्रस्टीका सभापति विश्वकर्माद्वारा प्रज्ञा-अन्तर्देशीय पुरस्कार ग्रहण

कोलोराडो । नेपाल प्रज्ञा-प्रतिष्ठानले बुधबार एक भव्य समारोहबीच दर्जन प्रज्ञा पुरस्कार प्रदान गरेको छ । यसैक्रममा प्रज्ञा–अन्तर्देशीय पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा पाएका छन् । विश्वकर्मालाई नगद रु. १ लाख नगद पुरस्कारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको होे । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमल निभाको हातबाट जनही नगद रु. १ लाखको पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेहरुमा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, साहित्यकार तथा राजनीतिज्ञ मोहनविक्रम सिंह, खगेन्द्र सङ्ग्रौला, देवी नेपाल, बाल साहित्यकार गंगा आचार्यसहित दर्जन साहित्यकारहरु रहेका छन् । ...