३० जेष्ठ २०८३, शनिबार

भाषा/साहित्य

कविता: मलाई खुट्किलो बनाऊ

कविता: मलाई खुट्किलो बनाऊ

-सर्वज्ञ वाग्ले- मलाई खुट्किलो बनाऊ, टेको बनाऊ, भर्‍याङ बनाऊ। मलाई यसरी प्रयोग गर्नेहरूसँग मेरो कुनै गुनासो छैन। किनकि मैले देखेको छु महाभारतको युद्ध केवल कुरुक्षेत्रमा मात्र भएन, त्यो त हरेक युगमा, हरेक महलमा, हरेक सिंहासनको वरिपरि दोहोरिरहन्छ। कसैले धर्मको नाममा चढ्छ, कसैले न्यायको नाममा उक्लिन्छ, कसैले आदर्शको झण्डा बोकेर अरूको काँधमाथि आफ्नो उचाइ नाप्छ। मलाई खुट्किलो बनाऊ, तर सम्झ, खुट्किलाको भाग्य माथि पुग्नु होइन, अरूलाई माथि पुर्‍याउनु हो। मलाई टेको बनाऊ, जसरी भीष्मले हस्तिनापुरलाई टेके, तर इतिहासले देखायो अन्धो निष्ठाले धर्मलाई बचाउन सक्दैन। धर्म त्यहाँ हुन्छ जहाँ सत्यको पक्षमा उभिने साहस हुन्छ। मलाई भर्‍याङ बनाऊ, जसरी एकलव्यको औँला अरूको गौरवको भर्‍याङ बन्यो। जसरी कर्णको प्रतिभा वंश र वर्गको पर्खालमुनि दबियो। जसरी श्रम गर्ने हातहरू ...
लघुकथा: भावविह्वल

लघुकथा: भावविह्वल

-आरसी रिजाल- १२ बर्षमा बिबाह भएकी गार्गी ८० बर्ष पुगिन्। माइती आउजाउ गर्दा बाटोमा पर्ने गाउँबाहेक अरुस्थान उनले देखेकी छैनन्। उनले बुझेकी संसार उहि-- १२ छोरा १३ नाति बुढीको धोक्रो काँधीमाथी मात्रै हो। हुन पनि उनको पनातीसम्म गणना गर्दा करिब तीसजना होलान् । तर आँखा अगाडि कोहि छैनन् ।ऎलेसम्म पानी उमालेर खान सक्छिन्। प्रायजसो घरको झ्यालबाट कान्छो छोराको जन्मदिनमा रोपेको आँपको रुखमा निहाली रहन्छिन् । गार्गिले हरेकबर्ष रुखमा गुँड लाउने जुरेली चरीले बचेरा हुर्काउलो भएपछि उडाएको देख्छिन्। तर बचेरा फर्केर आएको देख्दिनन्। र मान्छेले पनि यस्तै प्रकृतिको नियम पछ्याएको ठान्छिन्। हिजोदेखी पोथी जुरेली कराइरहेकिले केही अनिष्टको आँकलन गरि आँपको फेदमा पुग्छिन्। त्यहाँ मृत्य भाले जुरेलिको शरीरबाट कमिलाले मासु थुतेको देख्छिन् र खाल्डो खनेर पुर्दिन्छिन्। अनि बिस्तार टाउको उठाएर मास्तिर हेर्छिन्। हाँगामा...
काफ्लेको नयाँ पुस्तक ‘अन्तर्बोध’ प्रकाशन

काफ्लेको नयाँ पुस्तक ‘अन्तर्बोध’ प्रकाशन

नेपाल । साहित्यकार भीमप्रसाद काफ्लेको नयाँ पुस्तक ‘अन्तर्बोध’ (नवदर्शन) प्रकाशनमा आएको छ । यस पुस्तकमा धर्म, संस्कृति, विज्ञान, भाषाजस्ता विषयमाथि वस्तुपरक ढंगबाट चर्चा गरिएको उल्लेख छ । पुस्तकमा जीवन र जगत्मा विकसित हुँदैआएका मूलभूत पक्षहरूलाई विषय बनाइएको छ । भीमप्रसाद काफ्लेको यसअघि ‘एक सूर्य अनेक आलोक’, ‘नारीः ओझेलभित्रकि आधा आकाश’, ‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ प्रकाशित छन् । अन्तर्बोध उनको चौथो कृति हो । ...
अन्तर्राष्ट्रिय नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

अन्तर्राष्ट्रिय नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

नेपाल । ‘वसुधैव कुटुम्बकम्’को भावनालाई आत्मसात् गर्दै चारु साहित्य प्रतिष्ठान नेपाल र भारतको क्रान्तिधारा साहित्य अकादमीद्वारा काठमाडौँमा तीन दिने अन्तर्राष्ट्रिय नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । दुई देशको राष्ट्र गानबाट सुरु भएको महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्नुभएको हो । नेपाल, भारत र भुटानबाट सहभागी साहित्यकारहरुको स्वागत चारु साहित्य प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले गर्नुभएको थियो । कञ्चना झाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपालको तर्फबाट ममता मृदुल, राधिका पन्थी र एन्जल निलुले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो भने भारतको तर्फबाट दीपा पन्त ‘शीतल’ र देवयानीले राजस्थानी सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो । तीन दिने अन्तर्राष्ट्रिय नेपाल(भारत साहित्य महोत्सवमा नेपालका करिब दुई सय साहित्यिक, सामाजिक, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वका ...
पराजुलीको कथाकृति ‘हिमलुङमा पलाएको माया’ लोकार्पित

पराजुलीको कथाकृति ‘हिमलुङमा पलाएको माया’ लोकार्पित

नेपाल । नियात्रा लेखनमा क्रियाशील साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको कथाकृति ‘हिमलुङमा पलाएको माया’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । ठमेलमा सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार प्रमोद प्रधान, श्रीरामसिंह बस्नेतलगायतले कृति सार्वजनिक गरे । कार्यक्रममा पाठकीय मन्तव्य राख्दै साहित्यकार प्रमोद प्रधानले साहित्यमा धेरै पछि आएर जोडिए पनि पाठकलाई राम्रा नियात्राकृति पस्कँदै आएका पराजुलीले यस कथाकृतिमा हिमाली समाजको कथा लेखेको बताए । यसभित्रका कथाहरू आफैँमा पृथक रहेको उल्लेख गर्दै प्रधानले भने, “हिमाली भेगमा आम मानिसले भोग्नुपरेका अनेक दुःखकष्ट यसभित्र प्रस्तुत कथामा पढ्न सकिन्छ । पढ्दै गर्दा कतिपटक त म भक्कानिएको छु ।” हिमाली क्षेत्रका नियात्रामा कलम चलाउँदै आएका पराजुलीका तीन नियात्राका पुस्तकसहित पाँच पुस्तक प्रकाशित छन् । कार्यक्रममा अर्का वक्ता डा. हरिप्रसा...
१३ बुँदे घोषणापत्र जारी गर्दै बागमती साहित्य महोत्सव सम्पन्न

१३ बुँदे घोषणापत्र जारी गर्दै बागमती साहित्य महोत्सव सम्पन्न

नेपाल । १३ बुँदे घोषणापत्र जारी गर्दै बागमती साहित्य महोत्सव-२०८३ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको महोत्सवले नेपालका सबै भाषा, साहित्य, सङ्गीत, नाट्यकला, ललितकला तथा संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवर्धनका लागि भएका विमर्श प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यस्ता महोत्सवलाई निरन्तरता दिन सङ्घीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका सरकार र प्राज्ञिक संस्थाहरूलाई आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेको छ। घोषणापत्रमा गोष्ठी तथा पुरस्कार वितरणमा मात्र केन्द्रित साहित्यिक गतिविधिभन्दा साहित्यलाई नयाँ चेतनाको कोणबाट अध्ययन–अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ । साथै मूर्तिकला, चित्रकला, सङ्गीत, नृत्य, संस्कृति, पर्यावरण र लैङ्गिकताजस्ता विषयसँग साहित्यलाई जोडेर अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। हरेक साहित्यिक उत्सव तथा सिर्जनालाई बहुभाषिक, बहुसांस्कृतिक र स...
अधिकारीको कथाकृति ‘कोपिला’को लोकार्पण

अधिकारीको कथाकृति ‘कोपिला’को लोकार्पण

नेपाल । नेपाली लेखक संघ स्याङ्जाले प्रकाशन गरेको शिवकुमार अधिकारीको कथाकृति ‘कोपिला’को लोकार्पण गरिएको छ। नेपाली लेखक सङ्घ स्याङ्जाको चौथो जिल्ला अधिवेशन तथा प्रथम स्याङ्जा पर्या–हरित काव्य उत्सवको अवसरमा उक्त कृतिको लोकार्पण गरिएको हो। कार्यक्रममा अग्रज स्रष्टा देवीप्रसाद वनवासी, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दीपक लम्साल, दहथुमका नेत्रनारायण रेग्मी, मिलन समीर, लक्ष्मी रेग्मी खनाल, मुनाल गोदार, विष्णु पङ्गेनी पाण्डे, खगेन्द्रजङ्ग थापा, जीबी राना, शोभाकान्त रेग्मी, गणेश खत्री, गुरुप्रसाद ढकाल, लीला रेग्मी, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, विक्रम संवत, सरस्वती अर्याल काफ्ले, पारु थापा पल्ली, राजु गैह्रे, स्मारिका अर्याल र सीताराम अधिकारीलगायतले कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थि...
‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ नामक पुस्तक सार्वजनिक

‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ नामक पुस्तक सार्वजनिक

नेपाल । श्री ३ जङ्गबहादुर राणाका विश्वासपात्र माइला भाइ बमबहादुर कुँवर राणाको ऐतिहासिक योगदानमा आधारित ‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । नेपालको राणाकालीन इतिहासमा बमबहादुरको त्यति धेरै चर्चा नपाइए पनि उहाँका ऐतिहासिक योगदानको खोजबिन गरी यो कृति तयार पारिएको हो । श्री ३ जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीका रूपमा करिब १३ महिना राजकाजको जिम्मा बमबहादुरले पाउनुभएको थियो । विसं १९१३ मा प्रधानमन्त्रीकै रूपमा एक वर्ष मुलुकको नेतृत्व गर्नुभएका राणाले नेपाल–भोट युद्धको समेत कमान्ड सम्हाल्नुभएको थियो । नेपाली राजनीति र सैन्य इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँकै योगदानलाई समेटेर डा। तिलु थापाद्वारा लिखित सो पुस्तक टेकुस्थित बम्बीर विकटेश्वर शिवालयमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा इतिहासकार प्र...
कविता: जीवनको रङ

कविता: जीवनको रङ

-गोवर्द्धन पूजा- हिजो- अत्तरभन्दा प्रिय लाग्थ्यो, मलाई। मकैबारीमा बर्षाले भुत्भुत्याउदा माटोको स्नानी गन्ध । जब म धानको बीऊ खाने चरा धपाउन स्याउले छाप्रो मुनि बारीको पाटामा हुन्थेँ ! गन्धेझारको तिउन, माटोको भात अनि गट्टाको मासु पकाउदै भान्से बनेको त्यो क्षण ! आफ्नै साथीसँगीहरूको अभिभावक ! स्कुले साथी विकास विश्वकर्मासँगको जिस्क्याई- ‘विकास”को मूल फुटाउने कल्पना शान्ती पौडेलसँगको शान्तिको गीत गाउने चाहना ! गणेश लामाले “मधुर पिम्मा” बाजा बजाएको त्यो क्षण ! सोच्छु- कहाँ सजिलै मेटिदो रहेछ र उमेरको हावाहुरीले उडाउन खोजेर मायाको रङ !!! कोपिला कार्कीको कोपिलामै फक्रेको बैशको फूल र कल्पना चौधरीको हिरोनी बन्ने कल्पना ! सोमलाई दरैको चन्द्रमामा गएर सोमरस चढाउने चाहना र तेजराजको समाज परिवर्तन गर्छु भन्ने तेजिलो भाषण !!! सोच्छु- म किन हिँडेँ - त्यो गो...
सूत्रकथा: प्रमाण

सूत्रकथा: प्रमाण

-आर. आर. चौलागाईं- चोरी गरेको हो तर प्रमाण छैन । डकैती गरेको हो तर प्रमाण छैन । भ्रष्टाचार गरेको हो तर प्रमाण छैन । बलात्कार गरेको हो तर प्रमाण छैन । मान्छे मारेको हो तर प्रमाण छैन । प्रमाण नभएको हुँदा चोर, डाँका, भ्रष्टाचारी, बलात्कारी र ज्यानमारा सबै जेलबाट छुटे । -हेटौंडा, मकवानपुर ।