झरना साहित्यिक परिवारको वार्षिकोत्सव फागुन ११ र १२ गते, नौ जना स्रष्टालाई सम्मान गरिने
नेपाल (हेटौंडा) । मकवानपुरमा क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० को अवसरमा सष्ट्राहरूलाई सम्मान गर्न लागेको हो ।
झरना साहित्य परिवारले हेटौँडामा सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानको जानकारी गराएको हो । यस बर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०८० बाट काठमाडौँका डा। गीता त्रिपाठी सम्मानित हुने भएका छन् । त्रिपाठीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।
यसैगरी, साहित्यको मुक्तक विधातर्फ खोटाङका बाबुराम पोखरेललाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापि...








