३ आश्विन २०८१, बिहीबार

स्रष्टा साँझ अमेरिकाद्वारा आयोजित बज्जिका कविता वाचन सम्पन्न

कोलोराडोखबर संवाददाता , February 2nd, 2024

नेपाल (रौतहट) । स्रष्टा साँझ अमेरिकाद्वारा बज्जिका भाषा र साहित्यको दोस्रो शृङ्खला सम्पन्न गरेको छ ।

बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाको अध्यक्षतामा भएको जूम प्रविधिमार्फत कार्यक्रममा दर्जनौँको सहभागिता रहेको थियो ।

कार्यक्रममा किशुनदयाल श्रीकृष्ण, सञ्जय साह मित्र, रेणु गुप्ता, चन्द्रकिशोर रस्तोगी, सञ्जय सुदामा, कुमार चन्दन, सञ्जय महतो राज, शिवचन्द्र साह, तथा रामचन्द्र महतो कुशवाहाले कविता वाचन गरेका थिए । कार्यक्रमका सञ्चालक विश्वराज अधिकारीले पनि कविता वाचन गर्दै आफू आफ्नो जीवनभर बज्जिका भाषा र साहित्यको सेवा गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा डा. कमलेश्वरकुमार सिन्हाले जुम प्रविधिमार्फत भइरहेको कार्यक्रमले बज्जिकालाई विश्वस्तरमा पु¥याएको बताएका छन् । कार्यक्रममा अमेरिकामा रहँदै आएका डा. विजय झाले बज्जिका गीत गाएर सुनाएका थिए भने डा. झाले बज्जिका भाषा र साहित्यको विकासको लागि आफूले पनि राम्रो योजना बनाइरहेको घोषणा गरेका थिए ।

स्रष्टा साँझ अमेरिकाको बज्जिका कार्यक्रमलाई देश र विदेशका बज्जिका भाषा तथा साहित्यको सेवामा लागेकाहरुले निकै सराहना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्