९ बैशाख २०८३, बुधबार

काँग्रेसको निश्कर्षः सरकार संसद चल्न नदिनेतर्फ उद्दत हुँदै गयो

कोलोराडोखबर संवाददाता , May 12th, 2024

नेपाल । शनिबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले सरकार संसद चल्न नदिनेतर्फ उद्दत हुँदै गएको निष्कर्ष निकालेको छ ।

बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।

महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए ।

उनले आफूहरु चाहिनेभन्दा बढी लचकदार भइरहेको उनले बताउँदै उनले भने, ‘‘संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो ।’

प्रतिक्रिया दिनुहोस्