२६ माघ २०८२, सोमबार

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आइतबार पनि बस्ने

कोलोराडोखबर संवाददाता , May 12th, 2024

नेपाल । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आइतबार पनि बस्ने भएको छ ।

स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बस्ने छ । शनिबार शुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए । यस्तै महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।

पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्