हेटौँडामा पहिलोपटक प्रभातफेरीसहित भानु जयन्ती मनाइयो
नेपाल (हेटौंडा) । शनिबार भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश कार्यसमितिले प्रदेशको राजधानी हेटौँडामा आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ ।
सोलिड्यारिटी इन्टरनेसनल माविमा साहित्यकार, शिक्षक, बिध्यार्थी, पत्रकार करिब २०० जना जम्मा भएर शुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुँदै पुनः सोलिड्यारिटी इन्टरनेसनल माविमा पुगेर सभामा परिणत भएको थियो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमुख अथितिका रुपमा मन्तव्य राख्नुहुँदै भानु जयन्तीलाई प्रदेशहरूमा पनि मनाउन शुरुआत गर्नु ठूलो कुरा भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लानुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिनुभयो । उहाँले साहित्य लेखनका समयमा समाजलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सोलिड...








