२९ भाद्र २०८३, सोमबार

भाषा/साहित्य

कविताः संघर्षको मैदानमा जिन्दगी

कविताः संघर्षको मैदानमा जिन्दगी

–सर्वज्ञ वाग्ले– वर्षातको भेलमा पनि आगोको फिलिङ्गोझैँ उछिट्टिएर सल्किन खोज्छ जिन्दगी यो गोठमा जन्मिएर ठालु हुन खोज्ने भ्रष्ट बुद्धि त होइन होला मेरो दैनन्दिनी चलाउन मेसिन बनेको शरीर यो चढेर पहाडको थुम्कोमा भत्केका सपनाहरूको क्षितिज नियाल्छ भत्किँदै छन् कर्मका अवशेषहरू निभ्दैछन् भविष्यका दियाहरू दुःखको सागरमा पछारिएको असहाय जीवन यो जुद्धै छु तुफानसँग हरतरहले आँधी बनेर आएको हुरीक्यानको भेलमा अनवरत पौडींदै छु आशाको त्यान्द्रो समातेर थाक्न नहुने मेरा भाग्य रेखाले आफन्ती र स्वजनकै कपटपूर्ण भँगालाहरू म जन्मनु अगाडि नै तय गरेछन् कोरिदिएछन् मेरा निम्ति अभागी हस्तरेखाहरू त्यसैले त म सपनामा पनि चिच्याउँदोरहेछु बेसरी के म अभागी नै हूँ त ? जीवनका गोरेटाहरूमा कही कतै मैले चौतारी देखिन म अनवरत यात्रामा छु टेकेर अग्निपथ घस्रेर चट्टानको पहाड डुबेर भुमरीको...
‘मरभूमिमा वसन्ती याम’ कविता संग्रह बजारमा

‘मरभूमिमा वसन्ती याम’ कविता संग्रह बजारमा

नेपाल । कवि विपिन पाठकको मरभूमिमा वसन्ती याम कविता संग्रह बजारमा आएको छ । ईन्डिगो इन्कले प्रकाशन गरेको सो कविता संग्रहमा समसामाहिक विषयसग जोडिएका ३७ वटा कविता संग्रहित छन् । विकृत राजनिति, संस्कृति, परम्परा र रितिरिवाजलाई कवितामा सुष्म रुपमा केलाइएको छ । कवि पाठकले लेखन आन्दोलन भएकाले सपनाका नायक ठानेकाहरुले नै सपनाको हत्या गरिरहेको कुरुप दृश्यको साक्षि बस्दा र रुखलनको जाँतोमा आदर्शहरु पिनिएको देख्दा विकृत राजनितिका बारेमा कविता लेख्नु परेको बताउनुभयो । साहित्यकार अभय श्रेष्ठले पुस्तकको भूमिकामा कवि विपिनका कवितामा कथ्य चेतना र त्यसलाई अभिव्यक्त गर्ने कला मजवुत रुपमा आएको उल्लेख गर्नुभएको छ । मरभूमिमा वासन्ती याम कविको पहिलो कृति हो । चितवन माडीमा लामो समयदेखि शिक्षण पेशामा आवद्ध पाठक कविता लेखनमा पनि उत्तिकै साधनारत छन् ।...
बालकविताः हाम्रो फूलबारी

बालकविताः हाम्रो फूलबारी

–रमेशचन्द्र घिमिरे– मेरो प्यारो स्कुलको प्यारो फूलबारी सजाउन मन छ मलाई फूलको बेर्ना सारी । फूलबारीमा फुल्ने फूल रङ्गीचङ्गी छन् फूलबारीलाई माया गर्ने साथी सङ्गी छन् चिरिच्याट्ट बनाउनु छ सफा सुग्घर पारी हामी पनि सफा पारौँ हाम्रो फूलबारी । प्यारा मेरा गुरुहरू प्यारा साथीभाइ माया गर्न जानेको छु मैलै सबैलाई त्यस्तै माया गर्छु फूललाई गोड्छु झार फाली यही मायाले झाङ्गिने छ हाम्रो फूलबारी । रमाउँदै स्कुलमा मैले टेकेपछि मलाई पढ्ने जाँगर चल्छ यस्तो देखेपछि फूलझैँ राम्रो हुन मन छ मनकै फोहोर फाली हामी जस्तै सुन्दर बनाऔँ हाम्रो फूलबारी । खाल्टा खनौँ घोचो गाडौँ बार बनाई घेरौँ छेस्का खोजौँ डोरी कसौँ वरिपरि बेरौँ फूलबारीको जतन गर्ने बनौँ हामी माली स्कुल जस्तै राम्रो बनोस् हाम्रो फूलबारी । -भोर्लेटार, लमजुङ ।...
कविताः बदलिँदो मौसम

कविताः बदलिँदो मौसम

–लक्ष्मी ‘रेशमी’– प्रचण्ड गर्मीमा एक झोँका तुफानको बेग काला सेता बादल बर्सियो बेस्सरी छायाँको खोजिमा भौँतारिएका दुइचार जीवनहरु खुशीले नाचिरहेका कदमका पातहरु आफुमै समाहित थोपाहरुलाई चुम्दै झुमिरहेका फुलपत्रहरु तनको शीतलता मनसम्म नपुग्दै चर्किएको घाम देखेर ट्वाल्ल परेर टोलाइरहे बर्षाको मायावी चाल र क्षणभरमै बदलिएको मौसम देखेर । –चन्द्रपुर, रौतहट । ...
मदन पुरस्कार मोहन मैनाली र जगदम्बा श्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय

मदन पुरस्कार मोहन मैनाली र जगदम्बा श्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय

नेपाल । मदन पुरस्कार गुठीले विसं २०८० को मदन पुरस्कार मोहन मैनाली र जगदम्बा श्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ । गुठीको शुक्रबार बसेको बैठकले २०८० सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मैनालीले लेख्नुभएको ‘मुकाम रणमैदानः नेपाल–अङ्ग्रेज युद्धको बखान’ पुस्तकका लागि मदन पुरस्कार र ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान गर्नुभएको भन्दै यादवलाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुस्तकलाई परिश्रमपूर्वक ऐतिहासिक सन्दर्भ खोजबिन र सामग्रीलाई सरल, सरस एवं प्रवाहमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्‍याएकाले मैनालीको कृतिलाई मदन पुरस्कार दिइएको विज्ञप्तिमा उल्लेख छ । मदन पुरस्कारका लागि गुठीमा तीन सय चारवटा पुस्तक प्राप्त भएका थिए । त्यसमध्ये मैनालीसहित पाँचजनाको ...
अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ लालबन्दी वाङ्मय पुरस्कारमा छनोट

अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ लालबन्दी वाङ्मय पुरस्कारमा छनोट

नेपाल । सर्लाही जिल्ला स्थित लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि पत्रकार अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ छनोट भएको छ । लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले सो पुरस्कार स्थापना गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । परिषद्द्वारा जारी विज्ञप्ति अनुसार लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएको उत्कृष्ट १० कृतिमध्ये भण्डारीको ‘बोरा’ सर्वोकृष्ट छनोट भएको हो । परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८१ शङ्कर श्रेष्ठलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । सो पु...
गजल

गजल

–आर.आर. चौलागाईं– भित्ताको पनि कान हुन्छ यो कुरा बुझिराख गरीबको पनि मान हुन्छ यो कुरा बुझिराख । सडकछाप हुन् भनेर घोचो नहान हामीलाई निर्धनको पनि गान हुन्छ यो कुरा बुझिराख । कैलेकाहीँ फलामको डोरीले राम्रो काम गर्दैन परालको पनि तान हुन्छ यो कुरा बुझिराख । जब कुनै दिन तिमीहरू झर्छौ नि माथिबाट मेरो पनि ठूलो सान हुन्छ यो कुरा बुझिराख । घट्टमा मानिसहरू धानमात्रै कुट्न जाँदैनन् कोदाको पनि घान हुन्छ यो कुरा बुझिराख । –हेटौंडा, मकवानपुर ।...
बालकविताः भाइले लेख्यो कविता

बालकविताः भाइले लेख्यो कविता

–रमेशचन्द्र घिमिरे– “कनिकुथी गरेर पुरै पाना भरेर थाहा पायौ सविता ? भाइले लेख्यो कविता” “मैले पाना भरिनँ साह्रै दुःख गरिनँ मेरी दिदी सविता तै नि लेखेँ कविता” त्यसो भन्दा दाइले यसो भन्यो भाइले के हो त्यस्तो रमिता ? कस्तो हो त्यो कविता ? पढ्न धेरै नपर्ने गाउन झनै नपर्ने छक्क परिन् वविता देखेपछि कविता । तीन पानाको हैन तीन लाइनको नि छैन तीन अक्षरमा लेखेछन् दाइले बल्ल देखेछन् कुरा बुझिसकेर दङ्ग परिन् सविता ठुल्दिदीको छोरीको नाम रै’छ कविता । –भोर्लेटार लमजुङ ।...
२५ सष्टाका २५ लघुकथा कृति एउटै मञ्चमा सार्वजनिक

२५ सष्टाका २५ लघुकथा कृति एउटै मञ्चमा सार्वजनिक

नेपाल । लघुकथाका क्षेत्रमा कलम चलाउने २५ जना लघुकथाकारको २५ लघुकथाकृति एकसाथ सार्वजनिक भएको छ । प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र विशिष्ट अतिथिहरू साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्तले संयुक्त रूपमा ती कृतिहरु सार्वजनिक गरेका थिए । सिलौटो रेस्टुरेन्ट, अनाममनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा लघुकथाकारहरू खेमराज पोखरेल, विश्वराज अधिकारी, त्रिलोचन ढकाल, तेजप्रकाश श्रेष्ठ, प्राडा कपिल लामिछाने, हिरण्यकुमारी पाठक, डा. हरिप्रसाद भण्डारी, डा. कुसुमाकर शर्मा गौतम, ममता मृदुल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुद शर्मा प्याकुरेल, भाभा शर्मा, रञ्जु खनाल, अञ्जु शर्मा, शुक्रराज कुँवर, निर्मला बराल, रमेन्द्र कोइराला, नवराज शर्मा, गंगा खडका, छविलाल खडका, रोशन पराजुली, पीपी कोइराला, तुलसी पण्डित र सुनिता निरौला पौडेलका कृति लोकार्पित...
साहित्य संगम मकवानपुरको सन्ध्या दिवसः चार पुस्ताका कवि एउटै मञ्चमा

साहित्य संगम मकवानपुरको सन्ध्या दिवसः चार पुस्ताका कवि एउटै मञ्चमा

नेपाल (हेटौंडा) । मकवानपुरे माटोमा कविताको अघोषित पाठशाला हो साहित्य सङ्गम मकवानपुर । यसले विधिवत रूपमा महिनाको दोस्रो शनिवार साहित्य सन्ध्याको शुभारम्भ गर्यो विक्रम सम्वत २०४७ भाद्र ०२ गते । यसै दिनमा अर्थात् हरेक भाद्र ०२ लाई सन्ध्या दिवसको रूपमा मनाउँछ । सो दिनमा वर्षभरि सबैभन्दा धेरै उपस्थित जनाउने कवि– साहित्यकारलाई सम्मान गर्छ । यस पटक त्रिसत्यमा आधारित महाकाव्य लेख्ने चेतप्रसाद पौडेल (सैँपुले साइँलो) सम्मानित भए । यसैअवसरमा सन्ध्या विशेष कार्यक्रममा कविता वाचनको आयोजना हुन्छ । वर्षभरिको सन्ध्यामाथि समीक्षा चर्चा परिचर्चा हुन्छ । यो पनि भनौं यो दिनको वातावरण साहित्यिक सन्ध्यामय हुन्छ । यसै मेसोमा भाद्र २ गते आइतबार ३५औं सन्ध्या दिवस संयुक्त कविता वाचनको आयोजना गरी सम्पन्न भयो । पछिल्लो छिमलकी अनुसुया खनालदेखि, बीचको पुस्ता प्रतीमा पाठक, सुवास खनालदेखि दोस्रो पुस्ताका साम्ब ढकाल...