रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ सार्वजनिक
नेपाल । थाहा दर्शनका प्रणेता, मकवानपुरको माटोबाट उदाएका रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ शनिबार राजधानी काठमाडौंमा सार्वजनिक भएको छ ।
रूपचन्द्र विष्टको जीवनका विभिन्न पाटालाई सँगाल्दै आख्यानको शैलीमा लेखिएको यो किताबमा जीवनीभन्दा पृथक्, कल्पना र सृजमनात्मक शैलीमा लेखिएको लेखक टंक चोलागाईं बताउनु भयो । लेखक चौंलागाईंले भन्नुभयो, ‘आफू रंगमञ्च र कथासँग बढी समीप भएको हुँदा मैले आख्यान लेख्दा अझ बढी न्याय गर्नेछु भन्ने लागेर यो शैली समाएको हुँ ।’
रूपचन्द्रलाई अत्यन्त नजिकबाट नियालेका लेखक श्याम श्रेष्ठका अनुसार यो आख्यानले निकै सूक्ष्म तरिकाले रूपचन्द्रको जीवनी उनेको छ । यसमा भावना र इतिहास जोडिएर आएको श्रेष्ठले बताउनु भयो ।
‘अहिलेका अधिकांश रानीतिज्ञ, रूपचन्द्र विष्टलाई समाएर भोटको राजनीति गरेको छर्लङ्ग छ । उनलाई प्रयोग गरिन्जेल गर्ने, अनि आफ्नो शक्तिको समयमा...









