यस्तो छ सरकार र जेनजी प्रतिनिधिहरुबीचको १० बुँदे सहमति
नेपाल । सरकार र जेनजी प्रतिनिधिहरु बीच १० बुँदे सहमति भएको छ । बुधबार छलफलपछि १० बुँदे सहमति भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन् ।
सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरे ।
हस्ताक्षरपूर्व केही जेनजी युवाहरुले होहल्ल र विरोध गरेका थिए ।
यस्तो छ सम्झौताको पूर्णपाठः
जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौता
प्रस्तावना
देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा वि.सं. 2082 साल भाद्र 23 र 24 गते भएको राजनीतिक-सामाजिक जनआन्दोलन निम्त्याए...









