केन्याका जुलियसले जिते एनआरएनएको सहयोगमा सम्पन्न पोखरा म्याराथनको उपाधि
अमेरिका । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८औँ संस्करणको उपाधि जितेका छन् ।
पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
दोस्रो र तेस्रो स्थान पनि केन्याका धावकले नै जितेका छन्। नेपालका किरणसिंह बोगटी चौथो बन्न सफल भएका छन् । केन्याका स्कास किहारा कामीनी दोस्रो भए। उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ०५ सेकेण्डमा पार गरे । तेस्रो भएका एडविन किप्लागट तेस्रो भए। उनले २ घण्टा २० मिनेट ४५ सेकेण्डको समय निकालेका थिए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणले निर्धारित दुरी २ घण्टा २९ मिनेट ३७ सकेण्डमा पूरा गरेका थिए ।
भुतपूर्व खेलाडी मन्च पोखराको आयोजनामा भएको प्रतियोगिताको पुरुष म्याराथनमा १ सय २१ खेलाड...









