एनआरएनएका अध्यक्ष केसी र अष्ट्रेलियन राजदूतबीच नेपाली विद्यार्थीका समस्याबारे छलफल
कोलोराडो । गैररआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा बद्री केसीले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसंग भेटघाट गर्नुभएको छ ।
डा. केसीले राजदूत भोल्कसंग मंगलवार अष्ट्रेलियन दुतावासमा भेट गर्नुभएको हो । भेटमा गैरआवासीय नेपाली संघको अभियान, अष्ट्रेलियामा रहेको नेपाली समुदाय, नेपाली विद्यार्थीको समस्याका बारेमा छलफल भयो । त्यसैगरि संघले कोसी प्रदेशमा आगामी जुनमा गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलनका विषयमा समेत राजदूत भोल्कलाइ जानकारी गराउनुभयो ।
डा. केसीले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको तर्फबाट राजदुत भोल्कलाई त्यहाँ रहेका नेपाली विद्यार्थीहरुका समस्याका बारेमा अनुरोध पत्र हस्तान्तरण गर्नुभयो । राजदूत भोल्कलाई बुझाएको पत्रमा नेपाली विद्यार्थीहरु र अस्थायी भिसा लिएर अष्ट्रेलिया जान चाहनेहरुको सहजिकरणको लागि काठमाडौंबाटै भिसा प्रदान गर्न अष्ट्रेलियाको भिसा कार्य...








