१९ कार्तिक २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनए एनसीसी आयरल्यान्डद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

एनआरएनए एनसीसी आयरल्यान्डद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

अमेरिका । एनआरएनए आइसीसीका उपमहासचिव सोमनाथ सापकोटा आयरल्यान्ड भ्रमणको क्रममा एनआरएनए एनसीसी आयरल्यान्डद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ । उक्त कार्यक्रममा एनआरएनएको वर्तमान अवस्था, एमआईएस प्रणालीमार्फत सदस्यता प्रक्रिया, र एनआरएनए नागरिकताको कार्यान्वयन जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो । उक्त अवसरमा उपमहसचिव सापकोटाद्वारा एनसीसी आयरल्यान्डलाई एमआईएस प्रणालीमार्फत सदस्यता खोल्न प्रोत्साहन गर्नु भयो । यस कार्यलाई तत्काल सुरु गरिने भन्दै अध्यक्ष प्रकाश सापकोटाले यसलाई समावेशी र सहयोगात्मक बनाउने उद्देश्यले प्रतिनिधिहरू, पूर्व अध्यक्षहरूलाई समेत सहभागी गराइने आश्वासन दिनुभयो । त्यसैगरी, आयरल्यान्डमा रहेका नेपाली डायस्पोरालाई एकताबद्ध बनाउने, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपाली युवा पुस्तालाई आयरिश समाजमा एकीकृत गराउन सहयोग गर्ने र उनीहरूको सांस्कृतिक पहिचान...
पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट तीन हजार नेपालीले सेवा लिए

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट तीन हजार नेपालीले सेवा लिए

अमेरिका । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ । घुम्ती सेवाबाट दुई हजार चार सय ५१ वटा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ । शिविरबाट छ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो । शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् रु एक करोड नौ लाख ११ हजार नौ सय राजस्व संकलन भएको राजदूत भट्टराईले बताउनुभयो ।...
‘अमेरिकी परिवेशमा नेपाली प्रवासीका सपना’ पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

‘अमेरिकी परिवेशमा नेपाली प्रवासीका सपना’ पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल । ‘अमेरिकी परिवेशमा नेपाली प्रवासीका सपनाः संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको खोज तथा विश्लेषण’ नामक पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख नेतृत्वकर्ता, नीति निर्माता, र विशेषज्ञहरू एकत्रित भई अमेरिकास्थित नेपाली डायस्पोराले नेपालको भविष्य निर्माणमा पुर्‍याउन सक्ने भूमिकाबारे छलफल गरेका थिए । ज्ञान हस्तान्तरण, सूचना प्रविधि, स्वास्थ्य सेवा, हरित ऊर्जा, र सांस्कृतिक तथा आर्थिक सेतुहरूको निर्माण जस्ता विषयमा विशेष जोड दिँदै यस कार्यक्रमले प्रवासनलाई अवसरमा रूपान्तरण गर्ने दिशामा महत्व दिए । कार्यक्रममा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) कार्यकारी निर्देशक डा. विश्वास गौचन, अमेरिकाको नेपालस्थित उपराजदूत जेसन पी. मिक्स र परराष्ट्र मन्त्रालयको यूरोप-अमेरिका डिभिजनका सहसचिव गणेशप्रसाद ढकालले आफ्ना विचार प्रस्तुत गर्नुभएको ...
डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन

राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन

अमेरिका । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल छ सय ५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले राससलाई जानकारी दिनुभयो । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताउनुभयो । शिविरबाट करिब ७८ हजार युरो अर्थात् रु एक करोड १० लाख राजस्व सङ्कलन भएको पौड्यालले बताउनुभयो । “राहदानी नवीकरणलगायतका कागज...
नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई कोरियामा सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदद्वारा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । विदेशी लगानी भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो । गैरआवासीय नेपालीले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उहाँको भ्रमण दलमा रहनुभएका स्वकीय सचिव आनन...
प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसानको अध्यक्षमा शिब बिश्वकर्मा चयन

प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसानको अध्यक्षमा शिब बिश्वकर्मा चयन

अमेरिका । प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान क्षेत्रीय कमिटीको सातौं अधिवेशन सम्पन्न भएको छ । यही डिसेम्बर १५ तारिक सम्पन्न सातौं अधिवेशनले सर्वसम्मत रुपमा शिव विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा तेजु गुरुङ, सचिवमा धनन्जय न्यौपाने र उपसचिवमा सुमन अधिकारीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा अञ्जु गुरुङ, उत्सव चौधरी, अजय गुरुङ, जीवन तामाङ, केपी जोशी, सागर पराजुली र बद्री पौडेल चयन हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा दक्षिण कोरिया इञ्चार्ज डा. सन्जु पौडेलको प्रमुख अतिथ्य र दक्षिण कोरिया राष्ट्रिय कमिटीका अध्यक्ष अन्जन कुलुङ राईको बिशेष अतिथ्यमा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।...
अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु

अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। गोली लागेर ६ जना घाइते भएका छन् । म्याडिसनस्थित एम्बुडेन्ट लाइफ क्रिश्चियन विद्यालयमा गोली प्रहारको घटना भएको हो। घाइते ६ मध्ये दुई विद्यार्थीको अवस्था गम्भीर बीबीसीले जनाएको छ । उनले गोली किन चलाए भन्ने खुल्न बाँकी रहेको र छानबिन सुरू गरिएको प्रहरीले जनाएको छ । उक्त विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् । ...
एनआरएनए एनसीसीको सदस्यता वितरण शुरू, अक्टोबरमा आईसीसीको १२औं महाधिवेशन

एनआरएनए एनसीसीको सदस्यता वितरण शुरू, अक्टोबरमा आईसीसीको १२औं महाधिवेशन

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको तयारी शुरु भएको छ । यसैक्रममा आगामी कार्यकाल २०२५–२०२७ को लागि राष्ट्रिय समिति (एनसीसी) को सदस्यता वितरण प्रक्रिया शुरू गरिएको छ । एनआरएनएले आगामी जुलाई २०२५ भित्र राष्ट्रिय समितिको निर्वाचन सम्पन्न गर्ने योजना बनाएको छ। त्यस्तै, अक्टोबर २०२५ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को १२ औं महाधिवेशन र निर्वाचन पनि गर्नुपर्ने वैधानिक व्यवस्था रहेको संघले जनाएको छ । गत अक्टोबर २०२३ मा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यसमितिलाई सर्वोच्च अदालतले वैधता दिएको थियो । त्यसपछि १२औं महाधिवेशनको तयारी थालिएको हो ।  ...
तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ चयन

तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ चयन

अमेरिका । तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । तमु धिं भवन मिचेटमा शनिबार सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा १३औँ महाधिवेशनबाट अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन हुनुभएको हो । अध्यक्षलगायतमा एकल उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनुभयो । जुमकाजीसहित २९ जना निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ, दिलमाया गुरुङ, तथा महासचिवमा डा विशाल गुरुङ चयन हुनुभएको छ । त्यसैगरी कमलादेवीको नेतृत्वमा २८ सदस्यीय आमा समूह निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । यो समूहले यही २८ डिसेम्बरबाट औपचारिक रुपमा जिम्मेवारी लिनेछ ।...