मस्कोको कन्सर्ट हलमा बन्दुकधारीहरूको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुग्यो
रसिया । मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुगेको रुसका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।
रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न र उनीहरूका सहयोगीमाथि कडा कारबाही गरिने बताएका छन् ।
इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन् ।
अधिकारीहरूले आक्रमणमा संलग्न चारजनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ परेका ११ जना शङ्कास्पद व्यक्तिहरूमध्ये चार जना प्रत्यक्ष संलग्न भएको बताइएको छ ।
एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चारजना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिण पश्चिमी क्षेत्र पुगिसकेका थिए ।
किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन् ।
नेपालले मस्कोमा भएको आक्रमणको ...








