नेपाल । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
काउन्सिलले साउन ७ र ८ गतेसम्म सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षामा मेडिकल, डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययनरत ९८.३७ चिकित्सक विद्यार्थी उत्तीर्ण भएका हुन ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा।दिपेन्द्र पाण्डेका अनुसार देशभरका २४ वटा मेडिकल तथा डेन्टल कलेज र प्रतिष्ठानबाट ९१९ परीक्षार्थी सहभागी भएका थिए ।
सहभागि मध्ये ९०४ जना उत्तीर्ण भएको छन् भने १५ जना अनुत्तीर्ण भएका छन् । २४ मध्ये १५ वटा शिक्षण संस्थाको नतिजा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्