२८ बैशाख २०८१, शुक्रबार

मनोरन्जन

कलाकर्मीहरुले भूकम्पपीडितलाई यसरी गरे सहयोग

कलाकर्मीहरुले भूकम्पपीडितलाई यसरी गरे सहयोग

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ । कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट रु ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ ।” चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको तर्फबाट उक्त कोषमा रु एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ ।” चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा रु ६१ हजार पाँच सय सहयोग गरेको ज...
उज्यालोको पर्व आउन केही बाँकी छँदै गुञ्जिन थाले तिहारका गीत

उज्यालोको पर्व आउन केही बाँकी छँदै गुञ्जिन थाले तिहारका गीत

काठमाडौँ । उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् । चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत हुनुभएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिनुभएको छ । यादव खरेलले रचना गर्नुभएको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गर्नुभएको छ । ‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुने गर्दछ । चलचित्र ‘चिनो’ मा समावेश ...
कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुँदै

कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ आगामी नोभेम्बर १० तारिकका दिन देउसी भैलो कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली साँस्कृतिक केन्द्रमा साँझ ४ः३० बजेदेखि ८ः३० बजेसम्म देउसी भैलो कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक बासुदेव खनालले बताउनु भयो । सो कार्यक्रममा सहभागी हुन र यथासक्य सहयोग गरिदिनु हुन संयोजक खनालले अनुरोध गर्नु भयो । ‘यो कार्यक्रम सम्पूर्ण कोलोराडोवासीहरुको कार्यक्रम हो, तसर्थः यसलाई भव्यरुपमा सफल पारौं’– अध्यक्ष खनालले आह्वान गर्नु भयो ।...
कोलोराडोस्थित नेपाली भाषा पाठशालाको सहयोगार्थ नोभेम्बर ११ मा च्यारिटी शो हुँदै

कोलोराडोस्थित नेपाली भाषा पाठशालाको सहयोगार्थ नोभेम्बर ११ मा च्यारिटी शो हुँदै

कोलोराडो । नेपाली भाषा पाठशालाको सहयोगार्थ अमेरिकाको कोलोराडोमा च्यारिटी शो हुने भएको छ । कोशेली कोलोराडोको प्रस्तुती सो कार्यक्रम यही नोभेम्बर १० तारिकका दिन डेनभर साउथ हाई स्कूलमा साँझ ५ बजेबाट शुरु हुनेछ । उक्त कार्यक्रममा चर्चित गायक÷संगीतकार न्हयू बज्राचार्य, कालिप्रसाद बास्कोटा र चर्चित गायिका इन्द्रिरा जोशीले आ–आफ्नो प्रस्तुति दिने छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा, एनआरएनए कोलोराडो, सिस्टर्स ग्रुप अफ कोलोराडो, र टुकी इभेन्टसको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममार्फत नेपाली भाषा पाठशाला सञ्चालनको लागि १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले जानकारी दिनुभयो । नेपाल भाषा पाठशाला हाल २ स्थानमा सञ्चालन गरिएको र आगामी वर्ष थप १ स्थानमा बिस्तार गरिने अध्यक्ष सिटौलाले बताउनु...