७ जेष्ठ २०८१, सोमबार

मनोरन्जन

एनआरएनए महिला विभागको सक्रियतामा लण्डनमा गजल सांझ सम्पन्न

एनआरएनए महिला विभागको सक्रियतामा लण्डनमा गजल सांझ सम्पन्न

लण्डन । भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाका लागि सहयोग जुटाउन मंगलबार सांझ लण्डनमा एक गजल सांझ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागको सकृयतामा सम्पन्न सो कार्यक्रमको संयोजन युरोप क्षेत्रकी क्षेत्रीय महिला संयोजक प्रसुना कंडेलले गर्नुभएको हो । ह्यारोस्थित ब्लु रुम स्पोर्टस्मा आयोजित कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले च्यारिटी कार्यक्रम गरेकोमा महिला विभाग तथा फोरमको प्रशंसा गर्नुभयो । उहाँले भूकम्प पीडितको लागि सानो सहयोगले ठूलो आत्मवल पुग्ने बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा लोकप्रिय गजल गायक राज सिग्देलले ‘उ जितेर गई वा हारेर गई’, लगायतका आफ्ना झन्डै दर्जन लोकप्रिय गजल सुनाउनु भएको थियो । कार्यक्रममा सन्जिता देउजा एवं नारायण गाउंले, कृष्ण भट्ट, फणिन्द्र भट्टराई, बासु लामिछाने लगा...
नेपाली लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेको फिल्म एक्स्पोमा छनोट

नेपाली लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेको फिल्म एक्स्पोमा छनोट

नेपाल । लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गिता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जनले गरेका छन् । सहायक नि...
सांस्कृतिक कार्यक्रमसंगै अमेरिकाको कोलोराडोमा मनाइयो तमु ल्होसार

सांस्कृतिक कार्यक्रमसंगै अमेरिकाको कोलोराडोमा मनाइयो तमु ल्होसार

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा गुरुङ जातीहरुको पर्व तमु ल्होसार बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो । तमु धी कोलोराडोको आयोजनामा तमु समुदायले आफ्नो संस्कृती परम्परा अनुसार बिरालो बर्गलाई बिदा गरी गिद्ध बर्गलाई स्वागत गर्दै सोमबार ल्होसार मनाएका हुन् । तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा सम्पन्न कार्यक्रम ८८ बर्षिय बयोबृद्ध दुजमयां गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको शुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो । तमु धीक...
नयाँ वर्ष सन् २०२४ शुरु, शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइदै

नयाँ वर्ष सन् २०२४ शुरु, शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइदै

सोमबारबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइदै छ । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्ष मनाउँन विभिन्न पर्यटकीय, धार्मिक, सांस्कृतिक स्थलहरुमा मानिसहरुको घुईँचो बढेको छ ।...
हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीलाई उपाधि

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीलाई उपाधि

नेपाल । चितवनको सौराहमा जारी हात्ती महोत्सव अन्तरगत आयोजित हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकली उपाधि जितेको छ । बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो । निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार सेल्फीकलीले ५०० पूर्णाङ्कमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो । प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीय सम्बृद्धिकली तेस्रो भएका छन् । प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए ।...
सौराहामा शुरु भयो हात्ती महोत्सव

सौराहामा शुरु भयो हात्ती महोत्सव

नेपाल । मंगलबारदेखि चितवनको पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० सुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि आयोजना गरिएको हो । मङ्गलबारबाट सुरु भएको हात्ती तथा पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । महोत्सव अन्तर्गत हात्तीसँग सम्बन्धित गतिविधि बुधबारबाट सुरु हुनेछ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।...
अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

–सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको बोस्टन सहरमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ को तयारी पूरा भएको छ । बोस्टन स्थित 'बोस्टन लोक सुसेली समूह'ले यही डिसेम्बर १६ तारिख शनिबार 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना गर्न लागेको कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गीत गायक मिन केसीका अनुसार कार्यक्रम स्थलको व्यवस्थापन, अतिथिहरुलाई निम्तो, सहयोग टिक बिक्री, प्रचारप्रसार, माइक तथा क्यामराको व्यवस्थालगायत अन्य तयारीका कामहरु पुरा भएका छन् । गायक केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएतापनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिलाउने गरी आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् । उक्त कार्यक्रमका प्रमुख आकर्षक...
अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

अभिनेता पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ । यसअघि उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै सर्वोच्चले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो । पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्तिलगायतका प्रमाणको समुचित मूल्यांकन नभएको सर्वोच्चको भनाइ छ । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो । ...
हिमालयन हाइवेको सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’ हुँदै

हिमालयन हाइवेको सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’ हुँदै

नेपाल । नेपाली तथा अमेरिकन लोक संगीतको क्षेत्रमा क्रियाशिल उदयमान कलाकारहरुको सांगीतिक ब्याण्ड ‘हिमालयन हाइवे’ ले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’को तयारी पूरा भएको छ। यही आउदो मंसिर २१ गते अर्थात डिसेम्बर ७ तारिख बिहिवार साँझ काठमाण्डौंको झम्सिखेल स्थित ‘मोक्षमा हुन गइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको कुरा आयोजकले जनाएको हो । कार्यक्रम आयोजक 'हिमालयन हाइवे’ ब्याण्डकी सदस्य अमेरिकाको बोस्टन सहर निवासी जोइ लेभिटले कार्यक्रमको उक्त जानकारी दिएकी हुन् । लेभिटका अनुसार सांगीतिक कार्यक्रमका लागि अमेरिकाबाट ९ जनाको टोली नेपाल पुगिसकेको छ । कार्यक्रममा सहभागिताका लागि १ हजार नेपाली रुपैयाँ पर्ने प्रेवश टिकट बिक्रीका लागि खुला गरिसकिएको छ । उक्त कार्यक्रमका कारण आफू र आफ्नो टिम निकै उत्साहित भइरहेको उनले बताइन्। उक्त कार्यक्रम सफल बनाउन आयोजक र कलाकारहर...
नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।...