१७ जेष्ठ २०८३, आईतवार

मनोरन्जन

केकीले ‘बोक्सीको घर’ र विजयले ‘पूर्णबहादुरको सारङ्गी’ बाट पाए अवार्ड

केकीले ‘बोक्सीको घर’ र विजयले ‘पूर्णबहादुरको सारङ्गी’ बाट पाए अवार्ड

नेपाल । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा नायिका केकी अधिकारीले ‘बोक्सीको घर’ र विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रबाट अवार्ड पाउनुभएको छ । समारोहमा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ ले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा चलचित्र र सङ्गीतका विभिन्न ३५ विधामा अवार्ड वितरण गरिएको थियो । यस वर्ष सङ्गीततर्फ २४ विधा र फिल्मतर्फ १२ विधामा अवार्ड प्रदान गरिएको हो । त्यस्तै समारोहमा दीर्घसाधना सम्मान अभिनेता तथा निर्देशक शुभाष गजुरेललाई २५ हजार ५५५ सहित पुरस्कृत गरियो । पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १११ सहित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ...
फिल्म ‘परालको आगो’ को पोस्टर सार्वजनिक

फिल्म ‘परालको आगो’ को पोस्टर सार्वजनिक

नेपाल । फिल्म ‘परालको आगो’ को पहिलो झलक सार्वजनिक गरिएको छ । बिहीबार चलचित्र मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको पहिलो पोस्टरमा तीनै पात्रलाई समावेश गरिएको छ । पोस्टरमा कलाकार सुहानाले सिउँदोमा सिन्दूर, अनि निधारमा टीका लगाएको देखाइएको छ तर पनि यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई उठान गरिएको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय छ ।...
चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

नेपाल । चलचित्र ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । चलचित्रले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख छ हजार ९६९ रुपियाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । चलचित्रमा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय रहेको छ छ । चलचित्रको कथा र निर्देशन चन्द्र पन्तको रहेको छ । अभिमन्यु नीरवीद्वारा लिखित संवादमा अमर न्यौपानेले सहकार्य गर्नुभएको छ । चलचित्रलाई नवराज उप्रेतीले खिच्नुभएको हो । यसै गरी फागुन १ गतेबाट एकसाथ प्रदर्शनमा आएका तीन चलचित्र ‘बिगुल’, ‘श्री बुकुरो स् दी होम कलिङ’ र ‘शिवांश’ सोचे जस्तो चल्न सकेनन् । रमेश कोइरालाद्वारा निर्देशित चलचित्र ‘बिगुल’ ले बक्सअफिसमा आठ लाख ९७ हजार ४१० रुपियाँ ग्रस कलेक्सन गरेको छ । समसामयिक राजनीतिक मुद्दामा केन्द्रित कांग्रेस नेता दिनेश कोइराला निर...
नायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्की अभिनित ‘होरी’ सार्वजनिक

नायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्की अभिनित ‘होरी’ सार्वजनिक

नेपाल । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा लोकप्रिय रहेको लोकभाकालाई राष्ट्रियकरण गर्ने उद्देश्यले तयार पारिएको गीतमा नायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्कीको अभिनय रहेको छ । भिडियोमा हमाल र खड्कीका साथै मनोज महर्जन र बिन्दिया बुढाथोकीलाई पनि देख्न सकिन्छ । भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माण पक्षको दाबी छ । सरोज खड्का निर्देशित गीतमा राम अविरल विष्टको शब्द सिर्जना रहेको गीतमा दीपक आरजेको सङ्गीत रहेको छ । पवन सुस्लिङले छायाङ्कन गर्नुभएको भिडियोमा मिलन श्रेष्ठको सम्पादन रहेको छ । ‘होरी’ गायक कृष्ण विककै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ बालेनको युट्युबमा सार्वजनिक

चलचित्र ‘झरीपछिको इन्द्रेणी’ बालेनको युट्युबमा सार्वजनिक

नेपाल । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा सार्वजनिक भएको छ । अर्जुन घिमिरे (पाँडे) को निर्देशन रहेको चलचित्र बिहीबार बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । माघ २५ गते प्रदर्शनमा आएको चलचित्रले हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको थियो । चलचित्र हलमा पुस ४ गतेबाट प्रदर्शनमा आएको थियो । नागराज इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनको अभिनय रहेको छ ।...
‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने

‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने

नेपाल । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्नु हुने छ । ग्रिन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ को ताज पहि¥याउँदै उक्त प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो । सेजललाई गत वर्षकी (मिस इको इन्टरनेसनल नेपाल २०२५) विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेसनल २०२६’ को ताज पहिर्याउनुभएको थियो । उक्त ताज प्राप्त गरेपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाउनुभयो । आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने प्रतियोगितामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’ हरूको सहभागिता रहने छ, जहाँ सेजल नेपालका तर्फबाट एक्लो प्रतिनिधिका रूपमा उभिँदै हुनुहुन्छ ।...
नेपाली फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक (भिडियो)

नेपाली फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक (भिडियो)

नेपाल । आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत अभिनेत्री रोशनी कार्की र अभिनेता जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायत कलाकारका दृश्य समावेश गरेर फिल्मको कथाबारे जानकारी दिन खोजिएको छ । भिडियोमा रोशनी र जीवनको द्वन्द्व तथा प्रेम देख्न सकिन्छ । रोशनीको चरित्रमा यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको अवस्थालाई भिडियोमा देखाइएको छ । यस गीतमा गायिका प्रीति कौरले स्वर दिनुभएको छ । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरकै रहेको छ । गीतको एरेन्ज, मिक्सिङ, मास्टरिङ र सङ्गीत जोशीले गर्नुभएको हो । रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौलालग...
‘श्री बुकुरोः द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांशः च्याप्टर १’ प्रदर्शनमा

‘श्री बुकुरोः द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांशः च्याप्टर १’ प्रदर्शनमा

नेपाल । हलहरूमा यो साता तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरोः द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांशः च्याप्टर १’ प्रदर्शनमा आएका हुन् । ‘श्री बुकुरोः द होम कलिङ’ लाई सुदीपभूपाल सिंह, ‘बिगुल’ लाई रमेश कोइराला र ‘शिवांशः च्याप्टर १’ लाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् । यी चलचित्र महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आएका हुन् । सुदीपभूपाल सिंह निर्देशित ‘श्री बुकुरोः द होम कलिङ’ पारिवारिक कथामा आधारित चलचित्र हो । पारिवारिक मूल्यमान्यता, घर फर्कने चाहना र मानवीय सम्बन्धका भावनात्मक पक्षहरूलाई चलचित्रको कथामा देखाउन खोजिएको छ । निर्देशक सिंह स्वयम्को लेखन रहेको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गर्नुभएको हो । चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, लय सङ्ग्रौला, मोहन निरौलालगायतको अभिनय रहेको छ । चलचित्रको पटकथा र...
विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण

विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण

अमेरिका । ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण गर्ने निर्णय भएको छ । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीको संयुक्त बैठकले विशिष्ट अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको सम्मानमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएकाअध्यक्ष तथा वरिष्ठ नायक नवराज श्रेष्ठको सहभागितामा भएको उक्त बैठकले अभियान संस्थाको तर्फबाट स्व. सुनिल थापालाई मरणोपरान्त “अभियान रत्न सम्मान” प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा उहाँलाई “ग्लोबल दीर्घ साधना सम्मान” प्रदान गरिने निर्णय भएको छ । नेपाल चलचित्र क्षेत्रमा स्व. सुनिल थापाले प...
वैशाख १८ गते प्रदर्शन हुने ‘लालीबजार’ को टिजर सार्वजनिक

वैशाख १८ गते प्रदर्शन हुने ‘लालीबजार’ को टिजर सार्वजनिक

नेपाल । षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन मिति वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रलाई समेटेर कथासारबारे जानकारी दिइएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारीलगायतको अभिनय रहेको छ । चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले पदार्पण गर्दै हुनुहुन्छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो । अभिनेतृ खड्काको नियमितभन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । प्रदीप भट्टराई कार्यकारी निर्माता र म्याक्स दीपेश ...