१० श्रावण २०८३, आईतवार

मनोरन्जन

विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण

विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण

अमेरिका । ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई ‘सुनिल थापा स्मृति सम्मान’ नामकरण गर्ने निर्णय भएको छ । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीको संयुक्त बैठकले विशिष्ट अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको सम्मानमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएकाअध्यक्ष तथा वरिष्ठ नायक नवराज श्रेष्ठको सहभागितामा भएको उक्त बैठकले अभियान संस्थाको तर्फबाट स्व. सुनिल थापालाई मरणोपरान्त “अभियान रत्न सम्मान” प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, ग्लोबल नेपाली फिल्म अवार्डको आगामी समारोहमा उहाँलाई “ग्लोबल दीर्घ साधना सम्मान” प्रदान गरिने निर्णय भएको छ । नेपाल चलचित्र क्षेत्रमा स्व. सुनिल थापाले प...
वैशाख १८ गते प्रदर्शन हुने ‘लालीबजार’ को टिजर सार्वजनिक

वैशाख १८ गते प्रदर्शन हुने ‘लालीबजार’ को टिजर सार्वजनिक

नेपाल । षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन मिति वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रलाई समेटेर कथासारबारे जानकारी दिइएको छ । बर्दियाको राजापुरमा छायाङ्कन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारीलगायतको अभिनय रहेको छ । चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले पदार्पण गर्दै हुनुहुन्छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो । अभिनेतृ खड्काको नियमितभन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । प्रदीप भट्टराई कार्यकारी निर्माता र म्याक्स दीपेश ...
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य बनाउन चारबुँदे समझदारी

नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य बनाउन चारबुँदे समझदारी

नेपाल । नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चारबुँदे समझदारी भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले बुधबार नेपालले कान्स फिल्म फेस्टिभल–२०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरिटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटन प्रवर्धनबारे सामग्री उत्पादन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिने छ । त्यस्तै पोखरालाई चलचित्र र पर्यटनको सङ्गमस्थलका रूपमा विक...
काठमाडौँ उपत्यकाबाट चलचित्र ‘कस्तुरी’ को छायाङ्कन सुरु

काठमाडौँ उपत्यकाबाट चलचित्र ‘कस्तुरी’ को छायाङ्कन सुरु

नेपाल । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काठमाडौंको बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो । प्रत्यक्ष रुपमा आफू संलग्न नभए पनि मुलुकको राजनीतिका बारेमा हरेक नागरिकले बुझ्नुपर्ने धारणा व्यक्त गर्दै अभिनेता उप्रेतीले भन्नुभयो, ‘हाम्रो भविष्य एवम् देश विकासका लागि भए पनि राजनीति बुझ्न जरुरी छ ।’ यसैबीच चलचित्र ‘कस्तुरी’ को छायाङ्कन मंगलबारदेखि काठमाडौँ उपत्यकाबाट सुरु गरिएको छ । निर्देशक ऋत बोहोराको निर्देशनमा तयार हुने उक्त चलचित्रमा अभिनेता उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, ...
अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन

अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन

नेपाल । अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताउनुभयो । अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रको अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।...
दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ एकसाथ प्रदर्शनमा

दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ एकसाथ प्रदर्शनमा

नेपाल । शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘कुमारी’ युवा–युवतीको प्रेम कथामा आधारित छ । विनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दुई अनुहारलाई प्रस्तुत गरिएको छ । अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्कीलगायतको अभिनय रहेको चलचित्रमा विकास सुवेदीको लेखन र सुसन प्रजापतिको छायाङ्कन रहेको छ । केदार भुसाल कार्यकारी निर्माता रहनुभएको चलचित्रले देशभरका हलमा १५२ सो पाएको छ । यस्तै सुदीप्ता अधिकारी निर्देशित चलचित्र ‘रमिताको पिरती’ मायाप्रेम र बिछोडको कथामा आधारित छ । अभिनेत्री आना शर्माको मुख्य भूमिकामा रहेको चलचित्रमा युवापुस्तामा देखिने प्रेम र बिछोडपछिको मानसिक अवस्थालाई चित्रण गरिएको छ । चलचित्रमा नायिका शर्मासँगै विनय श्...
नेपालका चर्चित हास्य कलाकारको टोली अमेरिकामा

नेपालका चर्चित हास्य कलाकारको टोली अमेरिकामा

अमेरिका । नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा अब हास्छ अमेरिका भाग २ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आईपुगेका हुन् । हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणी पौडेल, सुमन कोईराला ,सुमन कार्की,मेक्सम गौडेल र कैशाल कार्की अमेरिका आएका हुन् । उनीहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुती मार्फत नेपालीहरुलाई हसाउने फेम नेपालका संचालक विमल पछाईले जानकारी दिए । सनराईज ईन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाईएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताए । फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाँउमा हुने जनाईएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्...
चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक

नेपाल । सुदिप्ताको डेब्यु निर्देशन रहेको चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक सुदिप्ताले चलचित्रलाई मायाप्रेमको कथाभन्दा पनि प्रेम–विछोडको कथाका रूपमा दर्शकमाझ पस्कन खोजेको बताउनुभयो । माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा रमिता अर्थात् आना शर्मा देखिनुभएको छ । साथै यसै चलचित्रमार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दै हुनुहन्छ । सेरो फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आना र समीरसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीलगायतको अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता चलचित्रमा आरपी प्रोडक्सन एसोसिएट निर्माताका रूपमा छ । चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत छ ।...
चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सम्पन्न

चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सम्पन्न

नेपाल । माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङबाट छायाङ्कन सुरु भएको चलचित्रको ३३ दिन लगाएर ‘इन्डक्लाप’ गरिएको हो । चलचित्र कास्कीको ताङतिङ, पोखरा, चितवनलगायतका ठाउँमा छायाङ्कन गरिएको छ । निर्देशक गुरुङले केही दिनमै पोस्ट प्रोडक्सनमा जाने र चलचित्रको प्रदर्शन मिति प्राविधिक काम सकेर अलिकति पछाडि घोषणा गर्ने जनाउनुभयो । “चलचित्र मेहनत गरेर बनाएका छौँ । प्रदर्शनका लागि अहिले नै आत्तिदैनौँ । सम्पूर्ण काम सकेर बल्ल मिति तय गर्ने छौँ,” उहाँले भन्नुभयो । गुरुङले दर्शकका लागि सुन्दर र गुणस्तरको फिल्म बनाएको बताउनुभयो । चलचित्रको पृष्ठभूमि भूपू लाउरेको कथा भए पनि एउटा लोभी पात्रमा आएको परिवर्तनले कसरी दानी बन्छ भन्ने मूल कुरा फिल्ममा देखाइने निर्देशक गुरुङले जानकारी दिनुभयो । चलचित्रमा दयाहाङ राई, सुनील थापा, पशुपति राई, ...
नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसव हुँदै

नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसव हुँदै

नेपाल । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसवको सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ देखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन हुने छन् । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवर्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ । यस वर्ष महोत्सवमा ७५ भन्दा बढी देशबाट सात सय चलचित्र प्राप्त भएका थिए । तिनबाट चयन भएका चलचित्र प्रदर्शन गर्न लागिएको हो ।...