२८ असार २०८३, आईतवार

नेपाली फिल्म ‘आशा’ निर्माण हुने

कोलोराडोखबर संवाददाता , July 12th, 2026

नेपाल । नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ ।

बिहीबार साँझ काठमाडौंमा आयोजित एक भव्य समारोहबिच शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो ।

फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्ने छन् । फिल्म घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको थियो । अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो ।

११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्