१४ जेष्ठ २०८३, बिहीबार

‘लालीबजार’ मा प्रयोग गरिएका आपत्तिजनक शब्दलाई हटाएर मात्र प्रदर्शन गर्न आदेश

कोलोराडोखबर संवाददाता , May 28th, 2026

नेपाल । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लालीबजार’ मा प्रयोग गरिएका आपत्तिजनक शब्दलाई हटाएर मात्र प्रदर्शन गर्न आदेश दिएको छ ।

​उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुइकेलको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो।

अदालतले चलचित्रमा प्रयोग भएका वादी समुदाय र तत्कालीन राजसंस्थासँग जोडिएका आपत्तिजनक शब्दहरूलाई पूर्ण रूपमा नसुनिने (म्युट) बनाएर मात्र प्रदर्शन गर्न आदेश जारी गरेको हो ।

​सामाजिक अभियान्ता ​रोशनी नेपालीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड), चलचित्र विकास बोर्ड र पड्कोण आर्ट्स लगायतलाई विपक्षी बनाई फिल्म प्रदर्सन रोक्न परमादेशको माग गर्दै रिट दायर गरेकी थिइन्।

​उनले ‘लालीबजार’ चलचित्रले वादी समुदायको आत्मसम्मानमा गहिरो ठेस पुर्‍याएको जिकिर गरेकि थिइन् । चलचित्रमा वादी समुदायलाई यौनकर्मी र वेश्यावृत्तिको रूपमा मात्र चित्रण गरिएको, बाबुआमाले छोरीलाई देहव्यापारमा लगाउने जस्तो भ्रामक भाष्य खडा गरिएको र वादी आमाको नैतिक चरित्र हत्या गरिएको दाबी उनले रिटमा उल्लेख गरेकी थिइन् ।

​अदालतले रोशनीको मागबमोजिम चलचित्र प्रदर्शनमा पूर्ण रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ । य

प्रतिक्रिया दिनुहोस्