२९ असार २०८३, सोमबार

अभिनेतृ दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’ शल्यक्रिया

कोलोराडोखबर संवाददाता , July 13th, 2026

नेपाल । चलचित्र निर्देशक तथा अभिनेतृ दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’ शल्यक्रिया गरिएको छ।

परीक्षणको क्रममा ब्रेनमा ट्युमर देखिएपछि काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा कलाकार निरौलाको सफल शल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको हो । अस्पताल स्रोतका अनुसार गत मंगलबार उनको ब्रेनको शल्यक्रिया गरिएको हो ।

शल्यक्रियाबाट मस्तिष्कबाट निकालिएको ट्युमर ‘बायोप्सी’ परीक्षणका लागि लगिएको छ। ‘शल्यक्रिया सफल भएको छ, हाल उहाँको अवस्था सुधारोन्मुख छ’, अस्पताल स्रोतले भन्यो, ‘तर बायोप्सीको रिपोर्ट भने आइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्