१ आश्विन २०८३, बिहीबार

अर्थतन्त्र

यातायातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध

यातायातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध

नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय पदाधिकारीसँग शुक्रबार हेटौँडामा भएको छलफलमा मुख्यमन्त्री बानियाँले यातायात प्रदेश सरकारको एकल अधिकारको क्षेत्र भएकाले यस क्षेत्रमा देखिएका बहुआयामिक समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो। छलफलका क्रममा महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले विशेषगरी बागमती प्रदेश, खासगरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक जाम, दुर्घटनामा मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारसम्बन्धी समस्यामा प्रदेश सरकारले सहजीकरण गर्न आग्रह गर्नुभएको थियो। जवाफमा मुख्यमन्त्री बानियाँले ट्राफिक व्यवस्थापन, दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षति...
नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

नेपाल । । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई.) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधारको विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै पारस्परिक हित र साझा उद्देश्यका आधारमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटवार्ता नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने...
निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक

निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ । उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ । सो छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्...
उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयारः प्रधानमन्त्री शाह

उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयारः प्रधानमन्त्री शाह

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्रमैत्री व...
ज्ञान, सीप र प्रविधि हस्तान्तरणमार्फत नेपालको विकासमा टेवा पुर्‍याउने एनआरएनएको प्रतिबद्धता

ज्ञान, सीप र प्रविधि हस्तान्तरणमार्फत नेपालको विकासमा टेवा पुर्‍याउने एनआरएनएको प्रतिबद्धता

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गतको स्किल, नलेज एण्ड टेक्नोलोजी ट्रान्सफर डिपार्टमेन्टद्वारा आयोजित “ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण” विषयक वेबिनार सम्पन्न भएको छ। विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विभिन्न पेशामा आबद्ध दक्ष जनशक्तिको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्ने उद्देश्यका साथ आयोजित उक्त वेबिनारमा विभाग प्रमुख तथा एनआरएनएका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले विभागको कार्यपत्र तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन आईसीसीका सचिव तथा विभागका सदस्य सचिव माधव दुलालले गर्नुभएको थियो। संस्थालाई समयानुकूल पुनःसंरचना गरिँदै : अध्यक्ष शर्मा कार्यक्रमको सुरुवातमा एनआरएनएका अध्यक्ष हेमराज शर्माले संघ स्थापना भएदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको...
सरकारले एडिबीसँग २५ अर्ब आठ करोड रुपैयाँ ऋण लिने सम्झौतामा हस्ताक्षर

सरकारले एडिबीसँग २५ अर्ब आठ करोड रुपैयाँ ऋण लिने सम्झौतामा हस्ताक्षर

नेपाल । सरकारले एसियाली विकास बैंक (एडिबी) सँग २५ अर्ब आठ करोड रुपैयाँ ऋण लिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा मन्त्रालयतर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कोस्वाँले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार यो ऋण ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ र ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग र रसद सुधार उपकार्यक्रम’ मा परिचालन हुने छ । यसमध्ये आयोजनाका लागि १७ अर्ब ५० करोड रुपैंया (११ करोड ५० लाख अमेरिकी डलर) र उपकार्यक्रमका लागि करिब सात अर्ब ६० करोड ९पाँच करोड अमेरिकी डलर० रुपियाँ परिचालन हुने अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल भ्रमणमा रहेका एडिबीका अध्यक्ष कान्डाले नेपाल...
साउन १ बाट महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याउने तयारी

साउन १ बाट महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याउने तयारी

नेपाल । साउन १ बाट सरकारले साझा यातायातका बसको रङ परिवर्तन गरी महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको छ । सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अनुसार महिलाको सुरक्षित आगमन सुनिश्चित गर्न, सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने र पहिलो चरणका सय दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने प्रतिबद्धता अनुसार ‘ब्लु बस’ सञ्चालनमा ल्याउन लागिएको होे । साझाका आठ वटा विद्युतीय बसलाई पहिलो चरणमा ‘ब्लु बस’ बनाएर साउनदेखि सञ्चालन गर्न लागिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बुढानीलकण्ठदेखि लगनखेल गोदावरीसम्म दुई वटा, नागढुङ्गादेखि एयरपोर्टसम्म दुई वटा र चक्रपथमा चार वटा विद्युतीय बस सञ्चालन गर्न लागिएको छ । ४० वटा विद्युतीय बस सञ्चालन गरेको साझाले सरकारसँगको सहमति अनुसार आठ वटा विद्युतीय बसलाई ‘ब्लु बस’ बनाउने छ । यसको व्यवस्थापन पनि साझाले नै गर्ने भएक...
नेपालमा सार्वजनिक यातायातको भाडा दुई प्रतिशत घट्यो

नेपालमा सार्वजनिक यातायातको भाडा दुई प्रतिशत घट्यो

नेपाल । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरी दुई प्रतिशत घटाएको छ । इन्धनको मूल्य घटेपछि विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । बिहीबारदेखि लागु हुने गरी यात्रुवाहक सवारी, पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर दुई प्रतिशतले घटेको विभागले जनाएको छ । विभागका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर ४३ रुपैयाँको गिरावट छ । यसअघि डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५‍.८३ रुपियाँ रहेकोमा घटेर हाल १९२.८३ रुपियाँ कायम भएको छ । करिब १८.२३ प्रतिशतले गिरावट हुँदा दुई प्रतिशत मात्रै भाडा समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ तर इन्धनको मूल्य १८ प्रतिशतसम्म घट्दा पनि विभागले सबै प्रकारका सवारीसाधनमा दुई प्रतिशत मात्र घटाउने ...
जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिए

जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिए

नेपाल । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जुनमा हवाईमार्गबाट गत वर्षको जुनको तुलनामा १९.५ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्षको सोही अवधिमा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । बोर्डका अनुसार सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ विदेशी पर्यटकको आगमन भएको थियो । बोर्डका वरिष्ठ अधिकृत सन्तोषविक्रम थापाका अनुसार पछिल्ला महिनामा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो । आगामी पर्यटन सिजनलाई लक्ष्य गरेर भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेकाले असोजसम्म नेपाल भित्रिने विदेशी पर्यटकको आवा...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गत मध्यरातिदेखि पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।  ...