१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । रावल हाल नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । यसअघि नै किरण पण्डित डेपुटी गभर्नर नियुक्त भएका छन् । राष्ट्र बैंकमा २ जना डेपुटी रहने व्यवस्था छ ।...
सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ। सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो कदम अघि बढाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गर्न, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै...
प्रधानमन्त्री वालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री वालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

नेपाल । सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । चालु आर्थिक वर्ष २०८३–८४ मा गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको हो । प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले कार्यसम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । त्यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता...
विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री श्रेष्ठ

विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री श्रेष्ठ

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । मन्त्री श्रेष्ठले गार्हस्थ्य उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् उपलब्ध गराउनेतर्फ सरकार प्रयासरत रहेको बताउनुभयो । यसबाट राष्ट्रिय उत्पादन वृद्धि र उत्पादन लागत घटाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । वर्षायाममा बढी हुने तथा खेर जाने विद्युत्को अधिकतम उपयोगका लागि मौसमी विद्युत् दर लागू गर्ने दिशामा समेत सरकारले पहल गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले विद्युत् उत्पादन बढाउने विषयसँगै उत्पादित विद्युतबाट आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने विषयलाई अबको प्राथमिकतामा राख्...
नेपाली श्रमिकको उद्धारका लागि सेल्टर हाउस स्थापना गर्न सरकारसँग एनआरएनएको आग्रह

नेपाली श्रमिकको उद्धारका लागि सेल्टर हाउस स्थापना गर्न सरकारसँग एनआरएनएको आग्रह

गोन्जाउ । नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग आग्रह गरेको छ। चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत आयोजित ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नहुँदा उद्धारमा खटिने एनआरएनए प्रतिनिधिसमेत समस्यामा पर्ने गरेको बताउँदै सम्बन्धित मुलुकमा सरकारले सेल्टर हाउस स्थापना गर्नुपर्ने माग गर्नुभएको हो। यसका साथै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र अधिकारमुखी बनाउन पश्चिम एसियालगायत विभिन्न एसियाली मुलुकमा रहेका नेपाली श्रमिकको सुरक्षा, ठगी, मानव ओसारपसार, शोषण तथा असुरक्षित आप्रवासन नियन्त्रणका लागि सूचना, कानुनी ...
एनआरएनलाई अर्थमन्त्री वाग्लेको आग्रह: ‘ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्’

एनआरएनलाई अर्थमन्त्री वाग्लेको आग्रह: ‘ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्’

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको एनआरएनएको ११औँ एसिया–प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उहाँले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको हो। सरकारले लगानीको अनुकूल वातावरण निर्माण, स्वदेशमै मर्यादित रोजगारी सिर्जना तथा कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीतिगत रणनीति कार्यान्वयन गरिरहेको वाग्लेले बताउनुभएको छ। सरकारले चालु बजेटमार्फत २७ वटा ऐन–कानुन संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गरेको तथा कर प्रणालीमा समेत व्यापक सुधार गरिएको उहाँले जानकारी दिनुभएको छ। सुधारको पहिलो वर्ष सुरुआत, दोस्रो वर्ष थप विस्तार र त्यसपछिका वर्षमा त...
कृषि उपजको आपूर्ति शृङ्खला सुधार गर्न कार्यदल गठन

कृषि उपजको आपूर्ति शृङ्खला सुधार गर्न कार्यदल गठन

नेपाल । किसान र उपभोक्ताबिचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधार गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पहलमा एक सुझाव कार्यदल गठन गरी अध्ययन थालिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालाबिचको वृहत् छलफलपछि गठित आपूर्ति शृङ्खला सुधारका लागि सुझाव कार्यदलले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने विद्यमान बाध्यताको अन्त्यका लागि काम अघि बढाएको हो। कृषि विभागका उपमहानिर्देशक डा। दिवसराज विष्टको संयोजकत्वमा गठित कार्यदलको प्रारम्भिक अध्ययन अनुसार हाल कृषि उपजको आपूर्ति शृङ्खलामा किसानदेखि उपभोक्तासम्म पाँच तहसम्मका बिचौलि संलग्न रहेका छन्। सरकारले यी अनावश्यक तहलाई घटाएर दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ। आपूर्ति शृङ्खला सुधारका सिफारिस कार्यान्वयनमा आएमा किसानले प्राप्त गर्ने मूल्यमा क...
हेटौँडा सिमेन्टका कर्मचारी चौध महिनादेखि तलबविहीन

हेटौँडा सिमेन्टका कर्मचारी चौध महिनादेखि तलबविहीन

नेपाल । हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीले १४ महिनादेखि तलब पाएका छैनन् । उद्योग लामो समयदेखि बन्द रहेकाले कर्मचारीले नियमित पारिश्रमिकसँगै सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा अवकाशपछिको उपदानसमेत पाउन सकेका छैनन् । उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब तथा सुविधाबापत मात्रै १२ करोड ३० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । त्यसबाहेक विभिन्न श्रम तथा कर्मचारीसम्बन्धी शीर्षकमा उद्योगको दायित्व करोडौँ रुपियाँ पुगेको छ । उद्योगले उपलब्ध गराएको विवरण अनुसार दक्ष तथा अदक्ष श्रमिकको ज्यालाबापत एक करोड ५३ लाख २१५ रुपियाँ, सुरक्षा सेवाबापत एक करोड ८४ लाख २५ हजार रुपियाँ र अतिरिक्त कार्य समयबापत ७२ लाख ४८ हजार ७२० रुपियाँ भुक्तानी हुन बाँकी छ । त्यस्तै सामूहिक सावधिक जीवन बिमाबापत एक करोड ८६ लाख, सञ्चय कोष कट्टी दायित्व एक करोड ७२ लाख ९३ हजार, नागरिक लगानी कोष ३७ लाख ५३ हजार, अवकाशप्राप...
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गर्नुभएको छ। सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गर्नुभएको हो। “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ।” अर्थमन्त्रीको आग्रहपछि पालैपालो छलफलमा आफ्नो धारणा राखेका कम्पनीका प्रतिनिधिहरूले छिट्टै नेपालमा २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। जलविद्युत्, पेन्ट उद्योग, होटेल र पेय पदार्थलगा...
नेपालमा सुनको मूल्य तोलाको ३ लाख नाघ्यो

नेपालमा सुनको मूल्य तोलाको ३ लाख नाघ्यो

नेपाल । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भयो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो। यस्तै, चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको भयो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो।...