१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता

प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइलागेको प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुनर्निर्माणका योजनाबारे जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताए। विपदपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको उनले जानकारी दिए । प्रारम्भिक तथ्यांकअनुसार विपद्‍बाट २५ वटा पक्की पुल र निजी क्षेत्रका ७०० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ। अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुनर्निर्म...
प्राधिकरण विद्युत सेवालाई नियमित गर्न सफल

प्राधिकरण विद्युत सेवालाई नियमित गर्न सफल

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएको तथा सहकर्मीहरु सम्पर्क बिहीन रहेको अवस्थापना पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले दत्तचित्त भई क्रियाशील रहँदा विद्युत सेवालाई नियमित गर्न सफल भएको बताउनुभएको छ । कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बिजुली प्रणालीबाट बाहिर भए पनि प्राधिकरणले विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएको उहाँको भनाइ छ । बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी)मा पुगेर विद्युत् आपूर्ति व्यवस्थापनको समन्वय गर्नुभएका मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको र रसुवामा पुनःस्थापनाको प्रयास जारी रहेको जानकारी दिनुभयो । ‘अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ। तर, ठूलो क्षतिका कारण आगामी दिन...
भोटेकोशी बाढीले देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित

भोटेकोशी बाढीले देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित

नेपाल । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठुलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठका अनुसार हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठुलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई विद्युत् प्रणालीबाट बाहिरिएका छन् । त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा ...
बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन

बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन

नेपाल । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ–छ जना, न्युजिल्याण्ड र जापानका पाँच–पाँच जना रहेका छन् । यस बाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतक...
बाढीको असरः डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति

बाढीको असरः डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति

नेपाल । बाढीका कारण तीन जिल्लाका डेढ दर्जन बैङ्क तथा वित्तीय संस्था प्रभावित भएका छन् । बुुधबार रसुुवामा गएको बाढीका कारण रसुुवा, धादिङ र नुुवाकोटमा रहेका १८ वटा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय प्रभावित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुुरुप्रसाद पौडेलले बाढीका कारण १८ वटा बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुुगेको जानकारी दिनुुभयो । वाणिज्य बैङ्कका नौ शाखा, विकास बैङ्कका आठ शाखा र वित्त कम्पनीका एउटा शाखा प्रभावित भएको उहाँले जानकारी दिनुुभयो । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारी सम्पर्कमा आएको र अझै २४२५ जना कर्मचारी सम्पर्कविहीन भएको उहाँले जानकारी दिनुुभयो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले बैङ्कमा रहेको रकम कति क्षति भयो भन्ने अझै यकिन नभएको उहाँले जानकारी दिनुुभयो । ती क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाको उ...
सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह

सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गर्नुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल गर्दै उहाँले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभयो। “सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उहाँले भन्नुभयो, “सरकार तपाईंको साथमा छ। के-के गर्नुपर्ने हो भन्नुहोस्।” विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा नेपालमा लामो समय र धेरै लगानी गरेको स्मरण गर्दै उहाँले सूचना प्रविधि क्षेत्र लगानी गरेर पनि कम समयमा प्रतिफल प्राप्त गर्ने क्षेत्र रहेको बताउनुभयो। सरकारले यस वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको, एआईको विकासका ला...
एनआरएनए र आईएलओबीच नेपाली आप्रवासी श्रमिकका लागि सहयोग थप सुदृढ गर्ने विषयमा छलफल

एनआरएनए र आईएलओबीच नेपाली आप्रवासी श्रमिकका लागि सहयोग थप सुदृढ गर्ने विषयमा छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच नेपाली आप्रवासी श्रमिकका लागि सहकार्य र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) बीच भएको उक्त छलफलमा विशेषत: आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, सचेतना, आपत्कालीन सहयोग, पुनःस्थापना तथा फर्किएका श्रमिकको सीप उपयोगलगायतका विषयमा विस्तृत छलफल भएको छ। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि सरकार, गैरसरकारी संस्था, साझेदार निकाय तथा प्रवासी नेपाली समुदायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विभिन्न देशमा आप्रवासी श्रमिकसँग सम्बन्धित समस्या फरक–फरक भए पनि धेरै देशमा समान प्रकृतिका चुनौती रहेको बताउनुभयो। एनआर...
नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक

नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गर्नुभएको छ। सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उहाँले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताउनुभयो। "बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो। नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, "नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगायो।" अर्थमन्त्रीले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिनुभयो। सो क्रममा उहाँले नेपालमै बनेको यति राम्रो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग ...
नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

नेपाल । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको आयात ३१ प्रतिशतभन्दा बढीले बढेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको साउनमा आयात ३१ दशमलव ०४ प्रतिशतले बढेको विभागले जनाएको छ । यस अवधिमा नेपालको निर्यात व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ । साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु विदेशी मुलुकमा निर्यात भएका छन् । गत आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरका वस्तु निर्यात भएको थियो । त्यसको तुलनामा चालु आवको साउनमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको हो । आयात र निर्यात दुवैमा वृद्धि भएपछि नेपालको कुल वैदेशिक व...
नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

नेपाल । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ । ...