तयारी पोसाक र कपडा विकास परिषद् गठन गर्न प्रधानमन्त्री बालेनको निर्देशन
नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवर्धनमा सरकारले जोड दिने बताउनुभएको छ ।
नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीबिच मङ्गलबार भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तार गर्न सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहने गरी तयारी पोसाक र कपडा विकास परिषद् (टेक्सटाइल एन्ड क्लोथिङ डेभलमेन्ट काउन्सिल) गठन गर्ने काम तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री शाहले निःशुल्क व्यापार सम्झौता ९एफटिए० र वैदेशिक लगानी (एफडिआई) ल्याउन तत्कालै काम गर्ने, अमेरिकामा तयारी पोसाकलगायतका वस्तु रोकिएको र ‘टेस्टिङ सर्टिफिकेसन’ नभएकाले अब त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्र...







