४ भाद्र २०८३, बिहीबार

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

कोलोराडोखबर संवाददाता , August 20th, 2026

नेपाल । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

रावल हाल नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

यसअघि नै किरण पण्डित डेपुटी गभर्नर नियुक्त भएका छन् । राष्ट्र बैंकमा २ जना डेपुटी रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्