१ आश्विन २०८३, बिहीबार

अर्थतन्त्र

अख्तियारद्वारा नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियारद्वारा नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ । आयोगले गरेको अध्ययन अनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख बराबरको रकम विनियोजन भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फर्छ्यौट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो । स्वीकृत लागत अनुमान ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागिता...
भारत निर्यातमा कडाइ भएपछि बन्द भएका नेपालका चिया उद्याग सञ्चालन

भारत निर्यातमा कडाइ भएपछि बन्द भएका नेपालका चिया उद्याग सञ्चालन

नेपाल । नेपाली चियाको भारत निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका एक सयभन्दा बढी चिया उद्योग सञ्चालनमा आएका छन् । यही असार १ गतेदेखि बन्द भएका उद्योग सङ्घीय सरकार र स्थानीय तहसँगको सहमतिपछि सञ्चालनमा आएका हुन् । इलाम, झापा, पाँथचर, भोजपुर, कास्कीलगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरण तयार गर्न माग गर्दै बन्द भएका थिए । सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने मागेको रायमा उद्योगीले दिएको सुझाव अनुसार सरकारका तर्फबाट त्यस अनुसार मौखिक आश्वासन आएपछि उद्योग सञ्चालन गरिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूले बताउनुभयो । झापाको नेपाल चिया उत्पादक सङ्घले पनि प्रेस विज्ञप्ति जारी गरी सरकारी आश्वासन अनुसार चिया उद्योग बन्दका सबै कार्यक्रम हालका...
मलेसियाः नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य

मलेसियाः नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य

नेपाल । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दरिन थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चार महिनायताको श्रम स्वीकृतिको तथ्याङ्कका आधारमा मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको हो । विभागका अनुसार गत फागुनमा १२ हजार ६०१, चैतमा १८ हजार ६४९, वैशाखमा १७ हजार २५२ र जेठमा १४ हजार १९२ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । माघसम्म भने संयुक्त अरब इमिरेट्स (युएई) नेपालीको पहिलो श्रम गन्तव्य थियो । पश्चिम एसियाको द्वन्द्वका कारण मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको जनाइएको छ । चालु आवको साउन, भदौ र असोजसम्म पाँचौँ स्थानमा खुम्चिएको मलेसिया पछिल्लो समय एकाएक पहिलो स्थानमा उक्लिएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले पछिल्लो पटक मलेसियामा बढ्दो सङ्ख्याले मलेसियाको श्रम बजारमा नेपाली श्रमिकको माग र आकर्षण दुवै बढेको पु...
राहदानी विभागका महानिर्देशक अर्यालसहित १६ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

राहदानी विभागका महानिर्देशक अर्यालसहित १६ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाल । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव पुस्करराज नेपालविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ । राहदानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरुको टेक्निकल इभ्याअलुसन र फाइनान्सियल ईभ्याअलुसन गरी गलत सिफारिस तथा गलत निर्णयका आधारमा सम्झौता गरी गराइ आंशिक रकमसमेत...
नेपाल अझै ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सकेन

नेपाल अझै ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सकेन

नेपाल । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निगरानी संस्था ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाललाई अझै ‘ग्रे लिस्ट’ मा नै राखेको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि ती अझै अपर्याप्त रहेको भन्दै एफएटिफले ‘ग्रे लिस्ट’ अर्थात् निगरानीकै सूचीमा राखेको हो । एफएटिएफले यही असार ५ गते सार्वजनिक गरेको निर्णयमा नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने र स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान आवश्यक रहेको औँल्याइएको छ । एफटिएफले नेपालका सन्दर्भमा जारी गरेको टिप्पणीमा छ मुख्य विषय वस्तुमा सुधार गर्न सुझाव दिएको छ । एफएटिएफले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे नेपालमा अझ स्पष्ट बुझाइ आवश्यक रहेको औँल्याएको छ । आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार ...
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

अमेरिका । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गर्नुभएको हो । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत छलफल गरेका थिए । महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले ती क्षेत्रमा ...
काठमाडौँ महानगरपालिकाको २५ अरब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव

काठमाडौँ महानगरपालिकाको २५ अरब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव

नेपाल । आर्थिक वर्ष आव २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको बजेट २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । बिहीबार राष्ट्रिय सभा गृहमा सम्पन्न नगर सभा १९ औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले, सञ्चित कोषमा व्ययभार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट प्रस्ताव गर्नुभएको हो । सञ्चित कोषमा जम्मा हुने रकममध्ये आन्तरिक आय र बैक मौज्दातबाट २० अरव १८ करोड ६३ लाख २९ हजार रुपियाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । ४ अरव ९३ करोड ६७ लाख २६ हजार रुपियाँ नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजस्व वाँडफाँडवाट प्राप्त हुने अनुदान अनुमान गरिएको छ । जनसहभागिता वापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ । क्षेत्रगत रुपमा बजेट तथा कार्यक्रम अन्तर्गत आ...
अख्तियारद्वारा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

अख्तियारद्वारा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

नेपाल । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। राहदानी छपाइ अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको आयोगका एक अधिकृतले जानकारी दिए । गत २०८१ मंसिरमा पाँच वर्षका लागि ६४ हजार थान ई–पासपोर्ट खरिद गर्न राहदानी विभागले डेढ महिनाको समयसीमा तोकेर टेण्डर निकालेको थियो । नेपालमा पहिलेदेखि नै राहदानी आपूर्ति गर्दै आइरहेको आइडिमियालाई अनुकुल हुने गरी शर्त राखिएको भन्दै विरोध भएको थियो । प्रतिस्पर्धालाई सीमित गरेर टेण्डर निकालिएको भन्दै विभिन्न कम्पनीले अख्तियार, सार्वजनिक खरिद अनुगमनको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राज्यव्यवस्था तथा सुशासन समितिमा समेत उजुरी गरेका थिए ।...
प्रदेश सरकारहरुले ल्याए दुई खर्ब ९२ अर्ब रुपैयाँको बजेट

प्रदेश सरकारहरुले ल्याए दुई खर्ब ९२ अर्ब रुपैयाँको बजेट

नेपाल । असार १ गते प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि गत वर्षभन्दा पाँच अर्ब रुपियाँ बढी हुने गरी बजेट सार्वजनिक गरेका छन् । आन्तरिक आय विस्तारमा खासै सुधार नहुने आकलनसहित प्रदेश सरकारहरूले दुई खर्ब ९२ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । चालु आव २०८२–८३ मा कुल दुई खर्ब ८७ अर्ब रुपियाँको बजेट ल्याइएको थियो जुन अघिल्लो आवको तुलनामा १० अर्ब रुपैयाँले बढी थियो ।...
विकृति हटाएर सुशासन र पारदर्शिता कायम गर्ने दिशामा सरकार अघि बढिरहेको छः अर्थमन्त्री

विकृति हटाएर सुशासन र पारदर्शिता कायम गर्ने दिशामा सरकार अघि बढिरहेको छः अर्थमन्त्री

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गर्नुभएको छ। बिहीबार प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आयकर, अन्तःशुल्क तथा भन्सार प्रणालीमा गरिएका सुधार विगत केही वर्षयताकै महत्त्वपूर्ण संरचनागत सुधार रहेको बताउनुभयो । बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा संशोधन गरी करका दर परिवर्तन गरिएको भन्ने आरोप अस्वीकार गर्नुभयो । उहाँले रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दर, शिक्षासम्बन्धी कर व्यवस्था तथा विद्युतीय सवारी साधनमा रोड डेभलपमेन्ट शुल्कसम्बन्धी छुटेका विषय समेट्न संशोधन गरिएको स्पष्ट पार्नुभयो । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठाइएका कर हेरफेर तथा अनियमिततासम्बन्धी आरोप निराधार रहेको बताउनुभयो । बैठकमा जवाफ दिनुहुँदै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका विषय नीतिगत परि...