१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

हिमाल आरोहणका लागि एक हजार ९८ जनाले लिए अनुमति

हिमाल आरोहणका लागि एक हजार ९८ जनाले लिए अनुमति

नेपाल । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी सङ्कलन गरेको छ । आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु ९आठ हजार १६३ मिटर० रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । त्यसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । आरोहीबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ । विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । ती आरोहीबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी ...
रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका । अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरेको छ । पुरस्कार समितिका अध्यक्ष जोन हस्लरले उहाँहरुको अनुसन्धानले ऊर्जा सङ्कट वा घरपरिवारको उपभोगमा आउने आकस्मिक परिवर्तनजस्ता आर्थिक झट्काको सामना गर्न नीतिनिर्मातालाई थप सक्षम बनाएको बताउनुभयो । सन् १९७० को दशकमा देखिएको तेल सङ्कटका क्रममा मन्दी तथा अन्य आर्थिक उतारचढावको सामना ...
प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी

नेपाल । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।...
ऊर्जामन्त्री श्रेष्ठको नयाँ कदम: विद्युत महसुलको डिजिटल भुक्तानीमा थप सहुलियत

ऊर्जामन्त्री श्रेष्ठको नयाँ कदम: विद्युत महसुलको डिजिटल भुक्तानीमा थप सहुलियत

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा पुर्याउने’ अवधारणाअनुसार डिजिटल भुक्तानीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । विद्युत् महसुलको डिजिटल भुक्तानीले सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ग्राहकलाई कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गरी प्रविधिमार्फत घरबाटै सेवा प्राप्त गर्न सक्ने व्यवस्था विकास गर्नुपर्ने उहाँको भनाइ छ । विद्युत् महसुल बुझाउन ग्राहक भौतिक रूपमा काउन्टरसम्म पुग्दा समय र अन्य खर्च बढ्ने तथा प्राधिकरणले पनि जनशक्ति, पूर्वाधार, नगद व्यवस्थापन र दैनिक रकम दाखिलामा अतिरिक्त स्रोत खर्च गर्नुपर्ने भएकाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न खोजिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डिजिटल भुक्तानीको विस्तारले ग्राहकको समय र खर्च बचत गर्नुका साथै प्राधिकरण...
नयाँ ग्यास सिलिन्डर बिक्री रोक्न माग

नयाँ ग्यास सिलिन्डर बिक्री रोक्न माग

नेपाल । ग्यास विक्रेता महासंघले उद्योगबाट नयाँ सिलिन्डर बिक्री रोक्न माग गरेको छ । महासङ्घले मङ्गलबार नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै उद्योगले मनपरी रूपमा नयाँ सिलिन्डर बिक्री गर्दा बजारमा ग्यासको अभाव भएको भन्दै ग्यासको खुद्रा तथा नयाँ सिलिन्डर बेच्न तत्काल रोक्न माग गरेको हो । नेपालमा लामो समयदेखि खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेको र यसको मुख्य कारण बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु रहेको महासङ्घको बुझाइ छ । महासङ्घका अनुसार विभिन्न ग्यास उद्योगले मनोमानी रूपमा दुई हजार पाँच सयदेखि दुई हजार सात सय रुपियाँसम्म नयाँ सिलिन्डर बेच्ने गरेको आरोप छ । महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको साटो पाँच केजी, १९ केजी, ५० केजी र ४५० केजीका नयाँ सिलिन्डर बिक्री गर्ने योजना बनाइनु उपभोक्तामाथिको ठगी भएको बताउनुभयो । उद्योग...
‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता

‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्राथमिकतामा रहेको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता भएको छ । मन्त्रालयले मंगलबार उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो । विधेयकले नवीकरणीय ऊर्जा प्रवद्र्धन र ऊर्जा दक्षतालाई एउटै कानुनी तथा संस्थागत संरचनाभित्र समेट्दै ऊर्जा उत्पादन, उपयोग, बचत र खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढाउने आधार तयार गर्ने लक्ष्य राखेको छ । विधेयकको मुख्य उद्देश्य नवीकरणीय ऊर्जाको पहिचान, विकास, विस्तार र प्रवद्र्धन गर्नुका साथै ऊर्जा दक्षता अभिवृद्धि, ऊर्जा बचत तथा संरक्षण र ऊर्जा पहुँच विस्तारका लागि आवश्यक कानुनी व्यवस्था गर्नु रहेको छ । प्रस्तावित व्यवस्थाअनुसार हालको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको स्थानमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्र’ स्थापना गर्न प्रस्ताव गरिएको छ । उक्त केन्द्रलाई नवीकरणीय ऊर...
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

अमेरिका । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गा बीच अमेरिकाको वासिङ्टन डी.सी. मा भेटवार्ता भएको हो। भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे घनीभूत छलफल गर्नुभयो। उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, नयाँ सरकारले नीतिगत तथा सं...
मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, उपत्यकाको विद्युत् आपूर्ति व्यवस्थापन थप सहज हुने

मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, उपत्यकाको विद्युत् आपूर्ति व्यवस्थापन थप सहज हुने

नेपाल । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भएको छ । काठमाडौंको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारबाट चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत् प्रवाह हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत् माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो । कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसनदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूम...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबिच वासिङ्टनमा भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबिच वासिङ्टनमा भेटवार्ता

अमेरिका । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा घनीभूत छलफल गर्नुभयो। उक्त अवसरमा विश्व बैंक समूहका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, नयाँ सरकारले नीतिगत तथ...
अन्तर्राष्ट्रिय सहयोग जुटाउन अमेरिका पुगे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अन्तर्राष्ट्रिय सहयोग जुटाउन अमेरिका पुगे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

नेपाल । भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि आवश्यक थप सहायता परिचालनलगायत विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आइतबार संयुक्त राज्य अमेरिका पुग्नुभएको छ । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार वासिङ्टन डिसीमा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ दी ट्रेजरी) र विश्व बैङ्क समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । त्यस क्रममा पुनर्निर्माणसहित नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । छलफलमा द्वि...