विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूको बैठक सम्पन्न
नेपाल । अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार विकास साझेदारका स्थानीय प्रतिनिधिहरूसँग बैठक (Local Development Partners Meeting) सम्पन्न भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा सम्पन्न उक्त उच्चस्तरीय बैठकमा विभिन्न मुलुकका राजदूत, नियोग प्रमुख तथा अन्तर्राष्ट्रिय निकाय लगायतका विकास साझेदारहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन (Rapid Disaster Needs Assessment) र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा गरिएको थियो। अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्सालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको मुख्य गतिविधिहरू निम्नानुसार रहेका छन्।
• उद्देश्य तथा स्वागत: अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले स्वागत मन्तव्य राख्दै बैठकको उद्देश्यमाथि प्र...









