२१ बैशाख २०८१, शुक्रबार

नागढुंगा-नौबिसे सुरुङमार्ग ‘ब्रेक थ्रू’: नेपाल सुरुङ युगमा प्रवेश

कोलोराडोखबर संवाददाता , April 16th, 2024

नेपाल । नागढुंगा-नौबिसे सुरुङमार्ग दुईतर्फ जोड्ने कार्य ‘ब्रेक थ्रू’ सोमबार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन् ।

यसअघि २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । सुरुङ पूर्णरुपमा सञ्चालन हुन अझै १ वर्ष लाग्नेछ ।

सोही अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने दावी गरे । प्रधानमन्त्री दाहालले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताए ।

निर्माण सम्पन्न भएपश्चात नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम, वर्षा याममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्