काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ १ गते सम्मका लागि स्थगित भएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबीन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ ।
संसदीय छानबीन समिति नबनाएसम्म सदन चल्नै नदिने काँग्रेसको अडान छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्